NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० फागुन १४ गते

सवाल सार्वजनिक व्यवस्थापनका नवीनतम अवधारणाको, समाधान विष्णुहरि बरालको

काठमाडौं । लोक सेवामा नयाँ पुस्ताको आकर्षण बढ्दो छ । राज्यको स्थायी सरकार कर्मचारी भएकाले नयाँ पुस्ता यसमा आउनु महत्त्वपूर्ण छ ।

स्थायी सेवामा प्रवेश गर्न भने विभिन्न खुड्किला पार गर्नुपर्ने हुन्छ । पहिलो हो, लोक सेवा परीक्षा ।

यो परीक्षाका सबै चरण पार गरेपछि मात्रै सेवा प्रवेश गर्न पाइन्छ । तर परीक्षा तयारी दौरान परीक्षार्थीमा द्विविधा उत्तिकै सिर्जना हुन्छन् । जसले अपेक्षित सफलता हात पार्नबाट रोकिरहेको हुन्छ ।

यो परीक्षामा परीक्षार्थीले भोग्नुपर्ने यस्तै अन्योलतालाई मध्यनजर गरेर नेपालवाचले प्रशासक, पूर्वप्रशासक र विभिन्न विषयविज्ञसँगको सहकार्यमा त्यसको समाधान पहिल्याउने प्रयास थालेको छ । आजको यो श्रृंखलामा  उपमहालेखा नियन्त्रक विष्णुहरि बरालले सार्वजनिक व्यवस्थापनका नवीनतम अवधारणा र नेपालमा त्यसको कार्यान्वयन अवस्थाबारे केलाएका छन् । 

सार्वजनिक व्यवस्थापनका नवीनतम अवधारणाहरू उल्लेख गर्दै नेपालको सन्दर्भमा ती अवधारणाका व्यवस्थाहरूलाई कुन हदसम्म आत्मसात् गरिएको छ ? लेख्नुहोस ।  ५+५

सार्वजनिक व्यवस्थापनका नवीनतम अवधारणा

सार्वजनिक हितका लागि उपलब्ध स्रोत साधनको कुशलतापूर्वक सञ्चालन गरी नतिजा प्राप्तिमा केन्द्रित व्यवस्थापकिय कौशल नै सार्वजनिक व्यवस्थापन हो । सार्वजनिक प्रशासनको तुलनात्मक अध्ययनपछि यसलाई आर्थिक र व्यवस्थापकीय कोणबाट अध्ययन, विश्लेषण गरिनुपर्छ भन्ने मान्यताको विकास भएसँगै सार्वजनिक प्रशासनको नवीनतम अवधारणाको रूपमा सार्वजनिक व्यवस्थापनको अवधारणा विकास भएको हो ।  समयक्रमसँगै सार्वजनिक व्यवस्थापनमा विकास भएका नवीनतम अवधारणाहरूलाई देहायअनुसार उल्लेख गरिएको छ ।

विश्वव्यापी रूपमा सार्वजनिक व्यवस्थापनको क्षेत्रमा विकसित भएका नवीनतम अवधारणालाई नेपालले समेत कुनै न कुनै रूपमा आत्मसात् गरेको पाइन्छ

  • नयाँ सार्वजनिक व्यवस्थापन (NPM) :– १९८० को दशकमा विकसित यो अवधारणाले सार्वजनिक प्रशासनमा निजी क्षेत्रका राम्रा व्यवस्थापकीय अभ्यासहरू भित्र्याउने तथा नयाँ अर्थशास्त्रीय सिद्धान्तहरूलाई आत्मसात् गर्यो । सार्वजनिक प्रशासनमा व्यवस्थापनवाद, करारवाद, निजीकरण तथा बजारीकरणजस्ता विषय भित्रिए । प्रभावकारिता, कार्यदक्षता, मितव्ययिता तथा Value for money लाई जोड दिइयो ।
  • नयाँ सार्वजनिक सेवा (NPS) :– २००० को दशकको पूर्वाधमा विकसित भएको यो अवधारणाले नागरिकलाई केन्द्रबिन्दुमा राखेर लोकतान्त्रिक मूल्यमान्यताअनुरूप सेवा प्रवाह गर्नुपर्ने विषयलाई आत्मसात् गर्यो । सार्वजनिक व्यवस्थापनमा Civic Engagement, Transparency र Openness लाई भित्र्यायो । सरल सरकार, सहज सेवालाई जोड दियो ।
  • Digital Era Governance :– २००० को दशकमा विकसित यो अवधारणाले शासकीय व्यवस्थालाई लाइनबाट अनलाइनतर्फ सूचना प्रविधिको महत्तम प्रयोग गर्ने विषयलाई जोड दियो । शासन, विकास र सेवा प्रवाहलाई सूचना प्रविधिमा आबद्ध गर्दै नवप्रवर्तनलाई भित्र्यायो । यसले Service at Hand लाई जोड दियो।
  • नयाँ सार्वजनिक शासन (NPG) –: शासकीय व्यवस्थामा बहुपात्रको सहभागिता र अन्तरक्रियालाई जोड दियो । Public service for the public बाट Public service by the public मा रूपान्तरित गर्यो । Co-Production र Co-Construction को सिद्धान्तअनुरूप शासन व्यवस्था सञ्चालन हुनुपर्ने मान्यता अघि सार्यो ।
  • New Public Passion –: सार्वजनिक व्यवस्थापनमा त्याग, समर्पण, अध्यात्म, नैतिकता, व्यवसायिकता, उत्प्रेरणाजस्ता पक्षहरूमा जोड दियो ।

लोक सेवाको प्रश्न : उपमहालेखा नियन्त्रक विष्णुहरि बरालको समाधान

सार्वजनिक व्यवस्थापनका नवीनतम अवधारणा र नेपालमा यसकाे प्रयोग

विश्वव्यापी रूपमा सार्वजनिक व्यवस्थापनको क्षेत्रमा विकसित भएका नवीनतम अवधारणालाई नेपालले समेत कुनै न कुनै रूपमा आत्मसात् गरेको पाइन्छ । जसलाई देहायअनुसार उल्लेख गरिएको छ ।

  • नयाँ सार्वजनिक व्यवस्थापनको अवधारणा विकास भएसँगै : सार्वजनिक संस्थानको निजीकरण, कर्मचारीको संख्या कटौती, एजेन्सिफिकेशन, Quasi Marketization, कार्यसम्पादन सम्झौता, Public Private Partnership, नागरिक वडापत्र लागू गरियो ।
  • नयाँ सार्वजनिक सेवाको अवधारणा विकास भएसँगैः Civic Engagement, Openness, गुनासो सुन्ने अधिकारी, गुनासो सुनुवाइ संयन्त्र, सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण, सार्वजनिक परीक्षण, घुम्ती सेवा केन्द्र, एकल बिन्दु सेवा केन्द्रको व्यवस्था गरियो ।
  • Digital Era Governance को अवधारणा विकास भएसँगै : Service re-design, Data को Digitalization, Online Based Service, विद्युत्तीय भुक्तानी प्रणाली, System Development, हेलो सरकार, Action Room, नागरिक एप, Network Expand जस्ता प्रविधिमैत्री प्रणालीहरुको विकास गरियो
  • नयाँ सार्वजनिक शासनको अवधारणा विकास भएसँगैः समुदाय प्रहरी साझेदारी, सामुदायिक वन विकास कार्यक्रम, महिला स्वास्थ्य स्वयंसेविकाजस्ता कार्यक्रम कार्यान्वयनमा ल्याइयो । यद्यपि, यी कार्यक्रमहरू यो अवधारणा विकास हुनुपूर्व नै हाम्रोमा कार्यान्वयनमा रहेका थिए ।
  • New Public Passion को अवधारणा विकास भएसँगै : सार्वजनिक प्रशासनको संरचनागत पक्षमा मात्र नभई आध्यत्मिक प्रशासन, नैतिकता, व्यवसायिकता तथा उत्प्रेरणाजस्ता अन्तस्करणबाट सिर्जित हुने पक्षहरूमा समेत ध्यान दिनुपर्ने विषयहरुमा जोड दिइएको छ ।

निष्कर्ष

समयक्रमसँगै सार्वजनिक व्यवस्थापनमा विभिन्न नवीनतम अवधारणाहरू विकसित हुँदै आएका छन । विकसित यस्ता नवीनतम  अवधारणाहरूलाई देशअनुकूल परिमार्जन गरी सार्वजनिक व्यवस्थापनलाई नतिजाकेन्द्रित र नागरिकउन्मुख बनाउदै लैजान आवश्यक छ ।

लोक सेवा परीक्षार्थीका लागि लक्ष्य गरेर यसअघि प्रकाशित सामग्री पढ्न यो लिंकमा क्लिक गर्नुहोस्

(हामीले सुरु गरेको यो श्रृंखला तपाईंलाई कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिक्रिया लेख्नुहोला । अनि तपाईंसँग पनि लोक सेवा परीक्षासँग सम्बन्धित कुनै जिज्ञासा, अन्याेलता छन्  कि ? यदि छन् भने हाम्रो इमेल ठेगाना  [email protected] मा त्यसबारे लेखी पठाउनुहोला । प्राप्त उपयुक्त जिज्ञासा अनुभवी प्रशासक र पूर्वप्रशासक  र विषयविज्ञसमक्ष राखेर  उहाँहरूले पहिल्याएकाे समाधान  यहाँहरूसमक्ष पस्किने छौं ।)

ताजा अपडेट

नेपालवाच विशेष