जापानमा रहेका प्रचण्डले आफूले चुनाव लड्ने क्षेत्रबारे स्पष्ट पारे

काठमाडौं । जापान भ्रमणमा रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न संसदीय चुनावमा आफूले आफ्नै गृहनगरबाट उठ्ने बताएका छन् ।
पत्रकार महासंघ जापानको टोकियो शाखाले गरेको पत्रकार सम्मेलनमा उनले यसअघि चुनाव जितेको क्षेत्र चितवन ३ बाटै चुनाव लड्ने घोषणा गरेका हुन् ।
प्रचण्डलाई पत्रकारले कास्की वा चितवनमध्ये कुन ठाउँबाट निर्वाचन लड्दै हुनुहुन्छ ? भन्ने प्रश्न गरेका थिए ।
त्यसको जवाफमा प्रचण्डले भने, ‘म अन्तबाट होइन, चितवनबाटै लड्छु । चितवनको पनि क्षेत्र नम्बर ३ बाट नै चुनाव लड्छु ।’
यसअघि प्रचण्ड चितवनबाट नभइ अन्य ठाउँबाट चुनाव लड्दैछन् भन्ने हल्ला आइरहेको थियो । यसलाई चिर्दै प्रचण्डले स्पष्ट पारेका हुन् ।
निर्वाचन क्षेत्रको दोधारमा प्रचण्ड : चितवन बस्लान् कि रुकुम-रोल्पा पस्लान् ?
प्रचण्ड र जापानको सत्तारुढ पार्टीका वरिष्ठ नेताबीच भेटवार्ता (४ तस्बिरसहित)
ताजा अपडेट
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
-
सुदूरपश्चिम प्रदेशसभाः आगामी आर्थिक वर्षको बजेट पारित
-
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’-माओवादी केन्द्र
प्रतिक्रिया