NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २८ गते

प्रहरीको मिसनमा ९१ प्रतिशत महिला

काठमाडौं । नेपाल प्रहरीको शान्ति मिसनमा महिलाको सहभागिता ९१ प्रतिशत पुगेको छ । हाल विभिन्न देशमा ४३ जना कार्यरत रहेकोमा ३९ जना महिला अधिकृत छन् । दक्षिण सुडानमा नेपाल प्रहरीबाट ३१ जना सहभागी रहेकोमा सबै महिला छन् । कंगोमा पनि ६ जना महिला खटिएका छन् । लिबियामा हालै एसपी गंगा पन्त खटिएकी छिन् । सुडान र दक्षिण सुडानको बीचमा पर्ने विवादास्पद भूमि आबेईमा एक महिला र एक पुरुष प्रहरी अधिकृत खटिएका छन् ।

शान्ति मिसनमा राष्ट्रसंघले महिला प्रहरीलाई प्राथमिकता दिन आग्रह गर्दै आएको छ । त्यहीअनुसार प्रहरीले पनि अवसर दिँदै आइएको प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राईले बताए । महिला अधिकृतले शान्ति मिसनमा अब्बल काम गर्दै आएको उनको भनाइ छ । विश्वभरिबाट प्रतिस्पर्धा हुने प्रोफेसनल तहको पदमा नेपालबाट हाल एक एसपी र एक डिएसपी कार्यरत छन् । एसपी अमरेन्द्र सिंह राष्ट्रसंघीय मुख्यालय न्युयोर्कमा तथा डिएसपी किरणजंग कुँवर सुडानमा कार्यरत छन् । नेपाल प्रहरीको सबै एफपियू मिसन बन्द भइसकेका छन् । हाल इन्डिभिजुअल पोलिस अफिसर (आइपिओ)का रूपमा नेपाल प्रहरीका अधिकारीहरू सुडान, दक्षिण सुडान, कंगो, लिबिया र साइप्रसलगायत देशमा खटिएका छन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष