१४४ करोड भ्युज भएका ८ युट्युब च्यानलमाथि भारतमा प्रतिबन्ध
काठमाडौं । १४४ करोड भ्युज भएका आठ युट्युब च्यानललाई भारतमा प्रतिबन्ध लगाइएको छ । आईटी ऐन २०२१ अन्तर्गत भारत सरकारले सात भारतीय र एक पाकिस्तानी युट्युब च्यानललाई रोक लगाएको हो ।
प्रतिबन्ध लागेका युट्युब च्यानलको भ्युज १४४ करोड र सब्सक्राइबर ८५ लाख ७३ हजारभन्दा बढी रहेको बताइएको छ । यी च्यानलहरूमा व्यावसायिक विज्ञापनसमेत आउने गर्दथे ।
भारत सरकारले सन् २०२१–२२ मा झुटा समाचार फैलाएको आरोपमा ९४ युट्युब च्यानलमा प्रतिबन्ध लगाएको छ । त्यसैगरी१९ सामाजिक सञ्जाल अकाउन्ट र ७ सय ४७ युआरएललाई पनि प्रतिबन्ध लगाइएको छ ।
राज्यसभामा एक प्रश्नको जवाफ दिँदै सूचना तथा प्रसारण मन्त्री अनुराग ठाकुरले सूचना प्रविधि ऐन, २००० को धारा ६९ ‘ए’ अनुसार कारबाही गरिएको बताएका छन् ।
यी हुन बन्द गरिएका युट्युब च्यानल
Loktantra Tv- 23,72,27,331 भ्युज, 12.90 लाख सब्सक्राइतबर
URV TV – 14,40,03291 भ्युज, 10.20 लाख सब्सक्राइतबर
एएम रज्वी – 1,22,78,194 भ्युज, 95,900 सब्सक्राइतबर
गौरवशाली पवन मिथिलाञ्चल – १५.९९.३२,५९४ भ्युज, ७ लाख सब्सक्राइतबर
Sep TOpSTH – 24,83,64,997 भ्युज, 33.50 लाख सब्सक्राइतबर
Sarkari Update- ७०,११,७२३ भ्युज, ८०,९०० सब्सक्राइतबर
Sab Kuch Dexho- – ३२,८६,०३,२२७ भ्युज, १९.४० लाख सब्सक्राइतबर
News ki Dunva (पाकिस्तानी) – ६१,६९,४३९ भ्युज, ९७,००० सब्सक्राइतबर
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया