सोमालियामा थप १७ लडाकू मारिए

मोगादिसू । सोमालियामा थप १७ लडाकू मारिएका छन् । सुरक्षाकर्मीको कारबाहीका क्रममा बिहीबार उनीहरू मारिएको अधिकारीले जनाएका छन् ।
मारिएका सबैजना अल शबाब समूहका लडाकू भएको जनाइएको छ । सोमालियाको सेनाले सुरक्षा कारबाही अझै पनि तीव्र रुपमा जारी रहेको जनाएको छ । देशको हालेस, क्वासाली, नुसफानक्सा, बुबुर लागयतका ठाउँमा अतिवादी लडाकू समूह विरुद्धको कारबाही चलाइएको हो ।
सोमालियामा यस वर्षको सुरु देखि नै सुरक्षा कारबाहीलाई तीव्रता र प्राथमिकता दिइएको अधिकारीहरूले जनाएका छन् । सुरक्षाकर्मीहरुले लक्षित गरेको सो शबाब समूहले देशका कतिपय ठाउँ आफ्नो नियन्त्रणमा रहेको दाबी गर्दै आएको छ ।
त्यसैगरी कतिपय उच्च पदस्थ अधिकारीहरूलाई सो समूहले आक्रमण गरेको थियो ।
ताजा अपडेट
-
गैरकानुनी रूपमा डेटिङ एप तथा क्रिप्टो कारोबारमा संलग्न ५२ जना पक्राउ
-
ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह घोषणा
-
अरनिको राजमार्ग बिस्तार : धुलिखेल–साँगा सडकखण्डमा काम रोकियो
-
विश्वकै ठुलो शालिग्राम शिला एक महिनादेखि डुबानमा
-
यसवर्ष करिब ६० हजार जना डेंगुबाट सङ्क्रमित हुने अनुमान
प्रतिक्रिया