सोमालियामा १७ लडाकू मारिए
काठमाडाैं । सोमालियामा थप १७ लडाकू मारिएका छन् । सुरक्षाकर्मीहरुको कारबाहीका क्रममा बिहीबार उनीहरु मारिएको अधिकारीहरुले जनाएका छन् ।
मारिएका सबै जना अल शबाब समूहका लडाकू भएको जनाइएको छ । सोमालियाको सेनाले सुरक्षा कारबाही अझै पनि तिव्र रुपमा जारी रहेको जनाएको छ । देशको हालेस, क्वासाली, नुसफानक्सा, बुबुर लागयतका ठाउँमा अतिवादी लडाकू समूहविरुद्धको कारबाही चलाइएको हो ।
सोमालियामा यस वर्षको सुरु देखि नै सुरक्षा कारबाहीलाई तिव्रता र प्राथमिकता दिइएको अधिकारीहरुले जनाएका छन् । सुरक्षाकर्मीहरुले लक्षित गरेको सो शबाब समूहले देशका कतिपय ठाउँ आफ्नो नियन्त्रणमा रहेको दावी गर्दै आएको छ । त्यसैगरी कतिपय उच्च पदस्थ अधिकारीहरुलाई सो समूहले आक्रमण गरेको थियो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया