NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

यी हुन् महानगरपालिकाको कार्यालयअगाडि फुटपाथ व्यापारीले लगाएका ६ नारा

काठमाडौं । काठमाडौं महानगरपालिकाले फुटपाथ व्यवस्थापनका नाममा साना व्यवसायीलाई हटाएको भन्दै फुटपाथ व्यापारी आन्देलनमा उत्रिएका छन् ।

उनीहरूले मंगलबार काठमाडौं महानगरपालिकाको कार्यालय प्राङ्गणमा नाराबाजी गरेका छन् ।

मेयर बालेन शाहलाई भेटेर ज्ञापनपत्र बुझाउन खोज्दा वास्ता नगरेको उनीहरूको आरोप छ ।

व्यापारीहरूले हामी बाँच्न पाउने अधिकार सुनिश्चित गर लगायतका नारा लगाएका छन् ।

यस्ता छन् उनीहरूले लगाएका ६ नारा :

१.रोजगारीको ग्यारेन्टी गर

२. फुटपाथ व्यवसायीको व्यवस्थापन गर

३. गासबासको ग्यारेन्टी गर

४. श्रमको सम्मान गर

५. नगर प्रहरीको अत्याचार बन्द गर

६. विनाविकल्प धोका दिन पाइँदैन

पार्किङ सञ्चालन गर्ने स्वीकृत लिएर मापदण्डविपरीत अन्य पसल सञ्चालन गरेको आरोपमा महानगरले बानेश्वरमा सोमबारदेखि सटर भत्काउन सुरु गरेको छ । यो काम महानगरभरी नै हुने मेयर शाहले बताएका छन् ।

३५ दिनको समय दिँदासमेत पसल नछोडेका कारण आफूहरू सटर भत्काउन बाध्य भएको उनको भनाइ छ ।

‘एक्सन’मा उत्रिएका बालेनले भने : बानेश्वरबाट कारबाही सुरु गरेका छौँ, बिस्तारै सबैतिर पुग्छ (६ तस्बिरसहित)

ताजा अपडेट

नेपालवाच विशेष