सिटौला नआएपछि सत्ता गठबन्धनको बैठक विनानिष्कर्ष टुंगियो

काठमाडौं । सिट बाँडफाँटबारे छलफल गर्न बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरू र कार्यदलका सदस्यहरूको बैठक विना निष्कर्ष टुंगिएको छ ।
कार्यदलका संयोजक कृष्णप्रसाद सिटौला नआएपछि मंगलबार प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको बैठक छलफलमा सीमित भएको हो ।
कोरोना भाइरस परीक्षण गर्न गएकाले कार्यदलका संयोजक सिटौला अनुपस्थित भएको राष्ट्रिय जनमोर्चाका हिमलाल पुरीले बताए ।
सिटौला नभएका कारण कार्यदलमा कुनै सहमतिसमेत भएन ।
अब बुधबार साँझ ५ बजे बस्ने बैठकले निष्कर्ष निकाल्ने र ढिलोमा ९ गते बिहीबारभित्र टुंगो लाग्ने पुरीले दाबी गरे ।
ताजा अपडेट
-
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई ६ महिनाको जेल सजाय
-
राष्ट्रियसभालाई विधेयकमा दुईवर्षे कुलिङ पिरियडको व्यवस्था गर्न अनुरोध गर्ने समितिको निर्णय
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
प्रतिक्रिया