सिटौला नआएपछि सत्ता गठबन्धनको बैठक विनानिष्कर्ष टुंगियो
काठमाडौं । सिट बाँडफाँटबारे छलफल गर्न बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरू र कार्यदलका सदस्यहरूको बैठक विना निष्कर्ष टुंगिएको छ ।
कार्यदलका संयोजक कृष्णप्रसाद सिटौला नआएपछि मंगलबार प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको बैठक छलफलमा सीमित भएको हो ।
कोरोना भाइरस परीक्षण गर्न गएकाले कार्यदलका संयोजक सिटौला अनुपस्थित भएको राष्ट्रिय जनमोर्चाका हिमलाल पुरीले बताए ।
सिटौला नभएका कारण कार्यदलमा कुनै सहमतिसमेत भएन ।
अब बुधबार साँझ ५ बजे बस्ने बैठकले निष्कर्ष निकाल्ने र ढिलोमा ९ गते बिहीबारभित्र टुंगो लाग्ने पुरीले दाबी गरे ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया