बालेनको उद्घोष : जिल्ला अदालतको अण्डरग्राउण्ड पनि खाली गराउँछु
काठमाडौं । ‘एक्सन’मा उत्रिएका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बबरमहलस्थित जिल्ला अदालतको अण्डरग्राउण्ड पनि खाली गराउने बताएका छन् । सबै खाले अवैध संरचना हटाएरै छाड्ने प्रतिबद्धता जनाउँदै उनले यस्तो बताएका हुन् ।
काठमाडौं मलकाे अवैध संरचनामा बुधबार डोजर चलाउने क्रममा शाहले भने, ‘अब सबैखाले अवैध संरचना खाली गराइन्छ । काठमाडौं जिल्ला अदालतको समेत खाली गराइँदैछ,’ उनले थपे, ‘जसले बनाएको भए पनि अवैध संरचना कानुनको दायरामा ल्याइन्छ ।’
बबरमहलमा अत्याधुनिक शैलीमा बनाइएको अदालतको अन्डरग्राउन्ड पार्किङ बनाएको पनि धेरै वर्ष भइसक्यो । तर, त्यो प्रयोगमा ल्याइएको छैन । तर, त्यसको छेउछाउका फुटपाथमा असरल्ल पार्किङ भइराखेको पाइन्छ ।
पीडित व्यापारीलाई सम्बोधन गर्दै बालेनले भने, ‘दोष घरधनीको हो’
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया