NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ६ गते

कालोबजारी नियन्त्रण गर्न उपभोक्ता संरक्षण महासंघको आग्रह

काठमाडौं । चाडवाड नजिकिँदै गर्दा नेपाली उपभोक्ता संरक्षण महासंघले कालोबजारी, मूल्य वृद्धि एवं गुणस्तरहीन वस्तुको बिक्रीवितरण तत्काल नियन्त्रण गर्न आग्रह गरेको छ ।

रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै महासंघले गुणस्तरहीन खाद्यान्न, मुल्य वृद्धिले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर परेको बताएको हो । अध्यक्ष चन्द्र साउदले सरकारले कालोबजारी, मूल्य वृद्धि एवं गुणस्तरहीन वस्तुको बिक्रीवितरण तत्काल नियन्त्रण गर्न आग्रह गरेका छन् । उनले नेपाली उपभोक्ता धेरै विषय वस्तुमा ठगिनु परेको टिप्पणी गर्दै कालोबजारी नियन्त्रण नगरे आन्दोलन गर्ने चेतावनी दिए ।

वरिष्ठ उपाध्यक्ष इन्द्रराज भट्टराईले दिनहुँ हुने कालोबजारी, मुल्य वृद्धिबारे जनता सचेत हुनुपर्ने बेला आएको बताए । उनले उपभोक्ता विरुद्ध लाग्ने जोसुकैलाई कानुनी दायरामा ल्याई कडाभन्दा कडा कारबाही गर्न सम्बन्धित पक्षसँग आग्रह गरे ।

कार्यक्रममा महासंघकाप्रवक्ता लुमडी कार्कीलगायतले कालोबजारी रोक्न माग गरेका थिए ।महासंघमा सात वटै प्रदेशबाट प्रतिनिधित्व गर्दै उपभोक्ता हकहितमा कार्यरत ११ संघ आबद्ध छन् । महासंघको सात वटा प्रदेश समितिहरु तथा विभिन्न जिल्ला समिति क्रियाशील छन् ।

ताजा अपडेट

नेपालवाच विशेष