कमेडियन अपूर्व क्षितिज पक्राउ

काठमाडौं । कमेडियन अपूर्व क्षितिज पक्राउ परेका छन् । नेवा समुदायको भाषा, खाना, महिला, तथा संस्कृतिमाथि प्रहार हुने गरी व्यंग्य गरेको भन्दै उनी विवादमा तानिएका थिए ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता डीएसपी दिनेश मैनालीले सिंहलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।
नेवा समुदायको व्यंग्य गरेको भन्दै उनीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौं टेकुमा ८५ जनाले उजुरी दिएका थिए ।
सोही उजुरी पछि सिंहलाई नियन्त्रणमा लिएको जनाइएको छ । विवादमा तानिएसँगै शनिबार उनले माफी मागेका थिए ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया