पिपुल्स पावरको आइपिओ बाँडफाँट, ५ हजारकाे आवेदन रद्द
काठमाडौं । पिपुल्स पावर लिमिटेडको आइपिओ बाँडफाँट भएको छ । कम्पनीका अनुसार आइपिओमा २ लाख २९ हजार ४६८ जना सर्वसाधारण लगानीकर्ताले सेयर पाएका छन् ।
जसमध्ये २ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएको कम्पनीले जनाएको छ । १५ लाख ५६ हजार ५२५ जनाले आवेदन दिएकामा ५ हजार ११२ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।
कम्पनीले साउन ३१ बाट आइपिओ निष्काशन गरेको थियो । कम्पनीले २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको २४ लाख ६७ हजार ४०० कित्ता आइपिओ बिक्री खुला गरेको थियो । जसमा ५५ अर्थात् १ लाख २३ हजार ३७० कित्ता सामूहिक लगानी कोष र २५ अर्थात् ४९ हजार ३४८ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी २२ लाख ९४ हजार ६८२ कित्ता सर्वसाधारणलाई निष्काशित गरिएको थियो ।
लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट र मेरोसेयर एपबाट आइपिओको नतिजा हेर्न सक्नेछन् । त्यस्तै, पिपुल्ल पावरको वेबसाइटमार्फत पनि नतिजा हेर्न सकिनेछ ।
ताजा अपडेट
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन


प्रतिक्रिया