NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

पिपुल्स पावरको आइपिओ बाँडफाँट, ५ हजारकाे आवेदन रद्द

काठमाडौं । पिपुल्स पावर लिमिटेडको आइपिओ बाँडफाँट भएको छ । कम्पनीका अनुसार आइपिओमा २ लाख २९ हजार ४६८ जना सर्वसाधारण लगानीकर्ताले सेयर पाएका छन् ।

जसमध्ये २ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएको कम्पनीले जनाएको छ । १५ लाख ५६ हजार ५२५ जनाले आवेदन दिएकामा ५ हजार ११२ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।

कम्पनीले साउन ३१ बाट आइपिओ निष्काशन गरेको थियो । कम्पनीले २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको २४ लाख ६७ हजार ४०० कित्ता आइपिओ बिक्री खुला गरेको थियो । जसमा ५५ अर्थात् १ लाख २३ हजार ३७० कित्ता सामूहिक लगानी कोष र २५ अर्थात् ४९ हजार ३४८ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी २२ लाख ९४ हजार ६८२ कित्ता सर्वसाधारणलाई निष्काशित गरिएको थियो ।

लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट र मेरोसेयर एपबाट आइपिओको नतिजा हेर्न सक्नेछन् । त्यस्तै, पिपुल्ल पावरको वेबसाइटमार्फत पनि नतिजा हेर्न सकिनेछ ।

पिपुल्स पावरको आइपिओ बाँडफाँटको मिति तय