पाकिस्तानी प्रधानमन्त्रीद्वारा बाढीपीडितका लागि अन्तर्राष्ट्रिय सहयोगको अपिल

काठमाडाैं । पाकिस्तानका प्रधानमन्त्री साबाज शरिफले पाकिस्तानमा बाढीले इतिहासमै सबैभन्दा खराबरुपमा प्रभावित पारेको बताएका छन् ।
प्रधानमन्त्री शरिफले बाढीका कारण पाकिस्तानमा अहिले इतिहासमै सबैभन्दा बढी क्षति पुगेको बताउँदै सहयोगका लागि सबैसँग अपिल गरेका हुन् ।
उनले पाकिस्तानी नागरिकका साथै विदेशी दाता निकाय तथा देशसँग सो अपिल गरेको प्राप्त समाचारमा जनाइएको छ ।
बाढीका कारण विस्थापित भएका व्यक्तिको संख्या दशौँ लाख भएकाले उनीहरुको उद्वार, पुनस्र्थापना र राहतका लागि ठूलो आर्थिक सहयोग आवश्यक रहेको भन्दै यसका लागि उहाँले आग्रह गरेका छन् ।
यहाँका कैयौँ प्रान्तमा बाढीले गरेको क्षति न्युनिकरणका लागि सरकारले प्रयत्न गरिरहेको भए पनि सबै नागरिकलाई बास र खानपिनको उचित व्यवस्थापन गर्न सम्भव हुन सकेको छैन ।
त्यसैले उनीहरुलाई राहात र पुनस्र्थापनाका लागि ठूलो मात्रामा आर्थिक सहयोग आवश्यक परेको भन्दै अन्तरराष्ट्रिय समुदायसँग सहयोगको अपिल गरेका हुन् । पाकिस्तानका विभिन्न भागमा परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परेर एक हजार एक सयभन्दा बढी मानिसको मृत्यु भएको छ ।
यो बाढीमा परेर तीन करोड ३० लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । यहाँ गएको हप्तादेखि अविरलरुपमा वर्षा भएको छ ।
राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार पाकिस्तानमा बितेका दुई महिनामा वर्षाजन्य दुर्घटनामा परेर ती व्यक्तिको मृत्यु भएको हो । यहाँका एक हजार छ सय ३४ जना घाइते भई अस्पतालमा रहेका छन् ।
पाकिस्तानी अधिकारीका अनुसार यहाँका बलुचिस्तान, गिलगिट बाल्टिस्तान, खैबर पख्तुनख्वा र सिन्ध प्रान्त बाढी र त्यसपछि आएको पहिरोबाट बढी मात्रामा प्रभावित छन् ।
बाढी र पहिरोले सडक बगाएको, पशु चौपाया बगाएको, पुल भत्काएको तथा ठूलो क्षेत्रमा लगाएको बाली पनि नष्ट गरिदिएको बताइएको छ ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया