मन्दिर क्षेत्रका पसल हटाउन महानगरले दियो २४ घण्टे अल्टिमेटम
काठमाडौं । काठमाडौं महानगरपालिकाले इन्द्रचोक र असन क्षेत्रका मन्दिर तथा सम्पदामा अवैध रुपमा सञ्चालन भइरहेका पसल हटाउने भएको छ ।
मन्दिर र सम्पदा क्षेत्रका अवैध पसल हटाउने अभियानको सुरुवातअन्तर्गत महानगरले इन्द्रचोक र असनबाट सुरु गरेको हो ।
यसैबीच, महानगरले इन्द्रचोक र असनका मन्दिर क्षेत्रमा सञ्चालन भइरहेका पसल हटाउन २४ घण्टे अल्टिमेटम दिएको छ ।
काठमाडौं महानगरपालिका–२५ नम्बर वडा कार्यालयले आइतबार एक सूचना जारी गर्दै इन्द्रचोकस्थित सन्तानेश्वर महादेव मन्दिर वरिपरिको खास्तो व्यापार, भेडास्थित श्रीभवानी शंकर मन्दिर क्षेत्रमा नौदेबललगायत अन्य व्यापार व्यवसाय हटाउन निर्देशन दिएको हो ।
साथै, असनस्थित ट्रान्सफर्मर मुनि, उमा शंकर मन्दिरको दायाँ–बायाँमा रहेका पसलहरू हटाउन निर्देशन दिइएको वडा नम्बर २५ का अध्यक्ष राजेश शाक्यल बताए ।
काठमाडौंको सौन्दर्यता, पर्यटन र ऐतिहासिक वस्तुलाई असर पर्ने व्यवसायहरू हटाउन निर्देशन दिइएको उनले बताए ।
महानगरका मेयर बालेन शाह यतिबेला अनधिकृत संरचना भत्काउने र व्यवसाय व्यवस्थित गर्ने अभियानमा लागिरहेका छन् ।
सय दिनमा बालेनको सन्देश– लामो रेसको घोडा हुँ, हतार नगरी, निराश नपारी काम गर्छु
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया