सात दिनभित्र कर नतिरे यी सात क्यासिनोलाई गर्दैछ महानगरले कारबाही

काठमाडौं । काठमाडौं महानगरपालिकाले सात दिनभित्र कर नतिरे विभिन्न सातवटा क्यासिनोलाई कारबाही गर्ने चेतावनी दिएको छ । एक साताभित्र मनोरञ्जन कर तिर्न तागेता गर्दै महानगरले सातवटा क्यासिनोलाई आइतबार पत्राचार गरेको हो ।
महानगरले पत्राचार गरेका क्यासिनोमा होटल म्यारियटको डेल्टिन, होटल अन्नपूर्णको क्यासिनो प्यालेस, होटल ¥याडिसनको क्यासिनो ¥याड, होटल हायातको प्राइड इन्टरनेशनल एण्ड रिक्रिएशन, होटल सोल्टीको माजोङ्ग र मल्ल होटलको बेली छन् ।
‘वागमती प्रदेशको आर्थिक ऐनले तोकेको क्यासिनो प्रवेशको मनोरञ्जन कर पटक–पटक ताकेता गर्दा पनि सम्बन्धित संस्थाहरूले चार वर्षदेखि तिरेको छैन,’ पत्रमा महानगरको राजश्व विभागले भनेको छ ।
हेरौं महानगरको पत्र :
प्रतिक्रिया