भवन भत्किँदा १० को मृत्यु

काठमाडाैं । सिरियाको उत्तरी सहर एलेप्पोमा बुधबार एउटा पाँच तले आवासीय भवन भत्किँदा कम्तीमा दश जनाको मृत्यु भएको राज्यद्वारा सञ्चालित समाचार समिति सानाले जनाएको छ ।
अल–फरदोसको छिमेकमा पर्ने स्थानमा रहेको उक्त भवन भत्किएको भग्नावशेषमा छ महिला, तीन बालबालिका र एक पुरुषको शव फेला परेको जनाएको छ ।
एक महिला र बालकलाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको बताइएको छ । घटनापछि अधिकारीहरूले नजिकका भवनहरु खाली गर्न लगाइएको बताइएको छ ।
भत्किएको भवन गैर कानूनी तरीकाबाट निर्माण भएको अलेप्पोका अधिकारीहरूलाई उद्धृत गर्दै सानाले जानकारी दिएको छ । सिरियामा बर्षौदेखि जारी युद्धका कारण एलेप्पो सहर ध्वस्त भएको छ । यस सहरमा शरणार्थी स्थलबाट फर्केका केही बासिन्दाहरू क्षतिग्रस्त वा आंशिक रूपमा मर्मत गरिएको भवनहरुमा बस्छन् ।
ताजा अपडेट
-
अरनिको राजमार्ग बिस्तार : धुलिखेल–साँगा सडकखण्डमा काम रोकियो
-
विश्वकै ठुलो शालिग्राम शिला एक महिनादेखि डुबानमा
-
यसवर्ष करिब ६० हजार जना डेंगुबाट सङ्क्रमित हुने अनुमान
-
टाटाको ७.७ डिल्स लाइक नेभर विफोर कार्यक्रम, भाग्यशाली विजेतालाई आइफोन १६ उपहार
-
मलेसियालाई हराउँदै नेपाल एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा प्रवेश
प्रतिक्रिया