न्यूजिल्याण्डमा डुङ्गा र ह्वेल ठोक्किँदा २ जनाको मृत्यु, ३ बेपत्ता
काठमाडौं (एजेन्सी) । न्युजिल्यान्डको काइकोरामा रहेको गुज बेमा शनिबार बिहान एउटा ह्वेल माछासँग ठोक्किएर ११ जना सवार रहेको माछा मार्ने डुङ्गा पल्टिएको बताइएको छ ।
प्रहरीले दुई जनाको मृत्यु भएको पुष्टि गरेका छन् भने तीन जना अझै बेपत्ता छन् । त्यसैगरी अन्य छ जनाको भने उद्धार गरिएको छ ।
उद्धार हेलिकप्टर, डुङ्गा टोली र स्वयंसेवकहरूको एक घण्टा लामो उद्धार प्रयासपछि अहिले उक्त डुङ्गा किनारामा तानिएको छ तर तीनजना यात्रु अझै फेला परेका छैनन्।
काइकोउरा एउटा सानो तटीय शहर हो जुन न्युजिल्याण्डको दक्षिण टापुमा ह्वेल अवलोकनका लागि प्रसिद्ध छ।
दुर्घटनाको कारण भने खुल्न सकेको छैन।
ताजा अपडेट
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै होण्डा
-
सुनको मूल्य ५ हजार ४०० रुपैयाँले बढ्यो
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने


प्रतिक्रिया