सहायताको अभावमा गर्भवती महिला र गर्भमा रहेको बच्चाको मृत्यु

काठमाडाैं । बाढी प्रभावित पाकिस्तानको खैरपुर जिल्लामा समयमै चिकित्सा सहायता र राहत सामग्रीको अभावमा शनिबार एक आमा र उनको गर्भमा रहेको बच्चाको मृत्यु भएको छ ।
सडकमा बाढीको पानीका कारण महिलालाई अस्पताल पु-याउन नसक्दा खैरपुर जिल्लाको अकारी गाउँमा उक्त घटना भएको एआरवाई समाचारले जनाएको छ । हालै, संयुक्त राष्ट्रसंघ जनसंख्या कोष (युएनएफपिए) ले पनि पाकिस्तानमा बाढी प्रभावित क्षेत्रहरूमा करिब छ लाख ५० हजार गर्भवती महिलाहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराउन चिन्ता व्यक्त गरेको छ ।
अर्को महिना सुत्केरी हुने अनुमान गरिएका ७३ हजार महिलाहरूलाई दक्ष स्वास्थ्यकर्मीलगायत नवजात शिशुको हेरचाह र सहयोगको आवश्यकता पर्ने संयुक्त राष्ट्रसङ्घ एजेन्सीले थप जानकारी दिएको एआरवाई समाचारले जनाएको छ ।
पाकिस्तानमा विनाशकारी बाढीकाबीच, महिलाहरु र उनीकोहरुको आवश्यकताहरु कठिडनाईमा परेको छ । तिनीहरूमध्ये धेरै खुला आकाशमुनि बस्न बाध्य भएका छन् ।
अचानक आएको बाढीले देशका ८० जिल्लालाई नराम्ररी प्रभावित भएको छ । पछिल्लो २४ घण्टामा थप १९ जनाको ज्यान गएपछि पाकिस्तानमा बाढीबाट मृत्यु हुनेको संख्या करिब १२ सय पुगेको छ ।
ताजा अपडेट
-
स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छ : प्रधानमन्त्री
-
विपिन जोशीको रिहाइका लागि पहल जारी राख्न इजिप्टलाई आग्रह गरेको छु : प्रधानमन्त्री
-
मनसुनजन्य विपद : काभ्रेमा हजार बढी घरपरिवार उच्च जोखिममा
-
‘कुलिङ अफ पिरियड’ प्रकरणमा छानबिन समितिका यी हुन् ७ सदस्य ,२१ दिनको समय
-
राप्रपा र रास्वपाले गरे संसद वैठक बहिष्कार
प्रतिक्रिया