सहायताको अभावमा गर्भवती महिला र गर्भमा रहेको बच्चाको मृत्यु
सिन्ध । बाढी प्रभावित पाकिस्तानको खैरपुर जिल्लामा समयमै चिकित्सा सहायता र राहत सामग्रीको अभावमा शनिबार एक आमा र उनको गर्भमा रहेको बच्चाको मृत्यु भएको छ ।
सडकमा बाढीको पानीका कारण महिलालाई अस्पताल पु¥याउन नसक्दा खैरपुर जिल्लाको अकारी गाउँमा उक्त घटना भएको एआरवाई समाचारले जनाएको छ ।
हालै, संयुक्त राष्ट्रसङ्घ जनसङ्ख्या कोष (युएनएफपिए)ले पनि पाकिस्तानमा बाढी प्रभावित क्षेत्रहरूमा करिब छ लाख ५० हजार गर्भवती महिलाहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराउन चिन्ता व्यक्त गरेको छ ।
अर्को महिना सुत्केरी हुने अनुमान गरिएका ७३ हजार महिलाहरूलाई दक्ष स्वास्थ्यकर्मीलगायत नवजात शिशुको हेरचाह र सहयोगको आवश्यकता पर्ने संयुक्त राष्ट्रसङ्घ एजेन्सीले थप जानकारी दिएको एआरवाई समाचारले जनाएको छ ।
पाकिस्तानमा विनाशकारी बाढीकाबीच, महिलाहरू र उनीकोहरूको आवश्यकताहरु कठिडनाइमा परेको छ । तिनीहरूमध्ये धेरै खुला आकाशमुनि बस्न बाध्य भएका छन् ।
अचानक आएको बाढीले देशका ८० जिल्लालाई नराम्ररी प्रभावित भएको छ । पछिल्लो २४ घण्टामा थप १९ जनाको ज्यान गएपछि पाकिस्तानमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या करिब १२ सय पुगेको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया