NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

राप्रपा प्रवेश गर्दै मिश्र

काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गर्ने भएका छन् ।

उनी उपाध्यक्ष हुनेगरी कुरा भइरहेको पार्टी स्रोतले जनाएको छ ।

मिश्रले पार्टी प्रवेशपछि राप्रपाले उनलाई काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाउने भएको छ । अघिल्लो संसदीय निर्वाचनमा पनि उनी सोही क्षेत्रबाट उम्मेदवार बनेर कांग्रेसका प्रकाशमान सिंहसँग पराजित भएका थिए ।

पछिल्लो समय मिश्रले ‘विचारभन्दा माथि देश’ नाम पुस्तक लेखेका छन् । जहाँ उनले राजसंस्था, हिन्दू–बौद्धराष्ट्र र संघीयताको खारेजीको विषय उठान गरेका छन् । मुद्दा मिल्ने भएकाले उनी राप्रपामा जान लागेको बताइएको छ ।

प्रकाशमानलाई हराउन ओलीसँग रवीन्द्रको याचना, तयार होलान् ओली ?