राप्रपा प्रवेश गर्दै मिश्र
काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गर्ने भएका छन् ।
उनी उपाध्यक्ष हुनेगरी कुरा भइरहेको पार्टी स्रोतले जनाएको छ ।
मिश्रले पार्टी प्रवेशपछि राप्रपाले उनलाई काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाउने भएको छ । अघिल्लो संसदीय निर्वाचनमा पनि उनी सोही क्षेत्रबाट उम्मेदवार बनेर कांग्रेसका प्रकाशमान सिंहसँग पराजित भएका थिए ।
पछिल्लो समय मिश्रले ‘विचारभन्दा माथि देश’ नाम पुस्तक लेखेका छन् । जहाँ उनले राजसंस्था, हिन्दू–बौद्धराष्ट्र र संघीयताको खारेजीको विषय उठान गरेका छन् । मुद्दा मिल्ने भएकाले उनी राप्रपामा जान लागेको बताइएको छ ।
प्रकाशमानलाई हराउन ओलीसँग रवीन्द्रको याचना, तयार होलान् ओली ?
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया