NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २८ गते

बन्दसूची बुझाएपछि सूची हेरफेर हुन्छ कि हुँदैन ?

काठमाडौं । प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ मा भनिएको छ– कुनै दलले एक सय १० जना उम्मेदवारको नाम समावेश गरी पेस गरेको बन्दसूचीको १८ नम्बरमा नाम समावेश भएको खसआर्य पुरुषले नाम फिर्ता लिएमा सम्बन्धित दलले अर्को उम्मेदवार मनोनयन गरी पठाउँदा १८ नम्बरमा नै रहने गरी वा अन्तिम क्रममा रहने गरी नाम समावेश गर्नुपर्नेछ । यसरी नाम समावेश गर्दा अन्तिम क्रममा रहने गरी समावेश गरेमा क्रमसंख्या १८ रिक्त रही त्यसरी नाम समावेश गरिएको उम्मेदवारको क्रमसंख्या १११ कायम हुनेछ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्याल भन्छन्–दलहरूले बुझाएपछि बन्दसूची आयोगको नियन्त्रणमा हुन्छ । दलले चाहेजसरी परिवर्तन गर्न सक्ने अवस्था रहँदैन । आयोगले यसमा आवश्यक छानबिन गरेर समानुपातिक सिद्धान्तअनुसार नभए वा रित नपुगेमा सम्बन्धित दललाई संशोधनका लागि सूचित गर्छ । यसबाहेक सिफारिस भएका उम्मेदवारले नाम फिर्ता लिएको अवस्थामा सोही क्लस्टरअन्तर्गत अर्को उम्मेदवार सम्बन्धित दलले मनोनयन गर्नुपर्ने हुन्छ । यसरी मनोनयन गर्दा फिर्ता लिएको उम्मेदवारको नाम बन्दसूचीको जुन क्रममा छ, सोही क्रममा रहन्छ । संशोधनका क्रममा बन्दसूचीमा रहेका सबै नाम एकैपटक परिवर्तन मिल्दैन । नयाँ पत्रिका दैनिकमा खबर छ ।