ब्राजिलमा कन्टेनर डिपो भत्कदा ९ जनाको मृत्यु

ब्राजिल । ब्राजिलको दक्षिणपूर्वी राज्य साओपाउलोको इटापेसेरियाका दा सेरा शहरमा मालसामान निर्यात गर्ने व्यवसायीलाई कन्टेनर बेच्ने र भाडामा उपलब्ध गराउने कम्पनीको ‘कन्टेनर डिपो’ को एउटा भाग भत्कदा नौ जनाको मृत्यु भएको छ भने अनय २८ जना घाइते भएका छन् ।
दुर्घटनाका बेला करिब ६४ जना कर्मचारी कन्टेनरमा रहेका त्यहाँको वारुणयन्त्र विभागका प्रवक्ता लुसियाना सोरेसाले बताइन् । भग्नावशेषबाट घाइतेहरूको उद्धार गरिएको उनले बताइन् ।
यही असोज १६ गते हुने स्थानीय उपप्रमुखका दुई स्थानमा हुने निर्वाचनमा भोट माग्न उम्मेदवारद्वय एली सान्तोस र जोन्स डोनिटजले प्रचार अभियानका क्रममा डिपोका कर्मचारीसँग परामर्श गरेका थिए । डिपोमा जम्मा भएका कामदारले उनीहरूलाई बिदाइ गरिरहँदा ढलानको संरचनाको भाग भत्केर दुर्घटना भएको सरकारी अधिकारीहरूले बताएका छन् ।
ताजा अपडेट
-
नेप्से २२ अंकले घट्यो
-
यस्तो छ स्पेन भ्रमणबारे संसद्मा प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)
-
स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छ : प्रधानमन्त्री
-
विपिन जोशीको रिहाइका लागि पहल जारी राख्न इजिप्टलाई आग्रह गरेको छु : प्रधानमन्त्री
-
मनसुनजन्य विपद : काभ्रेमा हजार बढी घरपरिवार उच्च जोखिममा
प्रतिक्रिया