केसीविरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्ति खारेज गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा दायर रिट हेर्न नभ्याइने सूचीमा राखिएको छ ।
सो मुद्दा आज पनि सुनुवाइ हुन नसकेपछि सर्वोच्च अदालतले हेर्न नभ्याइने सूचीमा राखेको हो ।
आज यो मुद्दा न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र सुष्मालता माथेमाको संयुक्त इजलासमा परेको थियो । अबको पेशी दशैंपछि मात्र तोकिन सक्ने सम्भावना रहेको बताइएको छ ।
केसीको शैक्षिक योग्यतामाथि उनीहरूले प्रश्न उठाउँदै नरेशकुमार पौड्यालसहित पाँचजना अध्यक्षका दाबेदारले गत साउन ३० मा उनीविरुद्ध मुद्दा हालेका थिए ।
उनीहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, चलचित्र विकास बोर्ड र अध्यक्ष केसीलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।
हिन्दीमा डबिङ भएको प्रेमगीत -३ ले पायो नेपाली चलचित्रको मान्यता
ताजा अपडेट
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
प्रतिक्रिया