‘डिट्ठासाब’को नगरमा बालेन
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाहले तारकेश्वर नगरपालिकाको भ्रमण गरेका छन् ।

मेयर शाहले त्यहाँका मेयर, उपमेयर, वडाध्यक्ष र वडा सदस्यहरूलाई हौसला प्रदान गरेका थिए ।

यसको जानकारी कलाकारसमेत रहेका वडा नम्बर २ का वडाध्यक्ष किशोर भण्डारी ‘डिट्ठासाब’ले दिएका हुन् ।

मेयर शाहको भ्रमणले उत्साह थपेको बताउँदै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी समुन्नत तारकेश्वरका लागि अहोरात्र लाग्नेछौँ । तपाईँहरूको साथ हाम्रो उत्साह हो ।’

मेयर शाहसँग जनप्रतिनिधिसँगै सर्वसाधारणले समेत तस्बिर खिचेका थिए ।

काभ्रेस्थलीका स्थायी बासिन्दा भण्डारीले कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने ‘डिट्ठासाब’ हास्य टेलिश्रृंखलामा ‘डिट्ठासाब’को भूमिका निर्वाह गर्दै आएका छन् ।

यसले गर्दा उनी सार्वजनिक जीवनमा पनि डिट्ठासाब नामले परिचित छन् ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया