पाकिस्तानमा बाढीसँगै डेङ्गुको सङ्क्रमण पनि बढ्यो
एजेन्सी । यस वर्षको मनसुनी वर्षामा आएको बाढीबाट ठूलो पुगेको क्षति पुगेको पाकिस्तानमा पछिल्ला केही हप्तायता आएर डेङ्गुको प्रकोप थप बढेको छ ।
पाकिस्तानका स्वास्थ्य अधिकारीहरुले जनाएअनुसार त्यहाँका बाढी प्रभावित क्षेत्रहरूमा डेङ्गुको प्रकोप बढेको र यसबाट मृत्यु हुनेहरुको संख्या पनि प्रतिदिन बढ्दै गएको छ ।
यसअघि मनसुनी वर्षा र बाढीबाट सबैभन्दा बढी प्रभावित देखिएका क्षेत्रमध्येको एक सिन्ध प्रान्तमा डेङ्गुबाट बढी प्रभावित देखिएको छ । यस प्रान्तमा डेङ्गुको ज्वरो बढेको र धेरै मानिस अस्पताल भर्ना भएका बताइएको छ ।
यस प्रान्तमा मात्र डेङ्गुको प्रकोपबाट गएको २४ घन्टा यतामात्र करिब चार सय जना सङ्क्रमित भएका छन् । त्यसपछिको सबैभन्दा बढी प्रभावित प्रान्त कराँचीमा पनि गएको २४ घन्टायता यो सङ्क्रमणबाट कम्तीमा पनि तीन सय ३० जना सङ्क्रमित भएका बताइएको छ ।
सिन्ध प्रान्तको प्रान्तीय स्वास्थ्य विभागका प्रमुखले सिन्ध र कराँचीमा डेङ्गुका कारण सङ्क्रमित मात्र नभएर मृत्यु हुनेहरुको संख्या पनि बढ्दै गएको बताएका छन् । यस वर्षको मनसुनी वर्षाबाट सबैभन्दा बढी प्रभावित भएका यी प्रान्तमा बाढीका कारण बढेको फोहर र अन्य कारणहरुले गर्दा यहाँ डेङ्गुको ज्वरोको प्रकोप बढेको बताइएको छ ।
यहाँ अहिलेसम्म आठ हजारजना भन्दा बढीमा यो प्रकोप देखिएको सिन्ध प्रान्तको स्वास्थ्य विभागका प्रमुखले जानकारी दिएका छन् । पाकिस्तानमा यस वर्षको मनसुनबाट प्रभावित अर्को प्रान्त खैबर पाक्थुन्क्वा हो र यहाँ पनि डेङ्गुको प्रकोप बढ्दो देखिएको छ । त्यहाँ पनि यस वर्ष मात्र कम्तीमा छ हजार जनामा यो सङ्क्रमण देखिएको खैबरको स्वास्थ्य विभागका प्रमुखले जानकारी दिएका छन् ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया