NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ५ गते

पाकिस्तानका पूर्वराष्ट्रपति जर्दारी अस्पताल भर्ना

एजेन्सी । पाकिस्तानका पूर्वराष्ट्रपति आसिफ अली जर्दारी अस्पताल भर्ना भएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मङ्गलबार कराँची अस्पतालमा भर्ना गरिएको अधिकारीहरूले जानकारी दिएका छन् ।

पाकिस्तान पिपल्स पार्टी (पिपिपपी)का सह अध्यक्षसमेत रहेका जर्दारी पछिल्ला केही हप्तादेखि बिरामी नै रहेका थिए । तर मङ्गलबार मात्रै अस्पताल भर्ना गरिएको हो ।

उनलाई फोक्सोसम्बन्धी समस्या भएकाले परीक्षणको कार्य भइरहेको अस्पताल स्रोतले जनाएको छ ।

उनलाई सुरुमा निजी अस्पतालमा भर्ना गरिएकोमा चिकित्सकहरूकै सल्लाहअनुसार कराँची अस्पतालमा भर्ना गरिएको हो ।

पूर्वराष्ट्रपति जर्दारी यसअघि दुबई भ्रमणमा गएका बेला गत जुलाईमा कोरोना भाइरसबाट सङ्क्रमित भएका थिए ।

उनलाई सन् २०२० मा गम्भीर बिरामी भएर कराँचीकै एक निजी अस्पतालको अति सघन कक्षमा राखेर उपचार गराइएको थियो ।

उनलाई लामो समयदेखि छाती र रगतसम्बन्धी पनि समस्या देखिने गरेको छ ।