सोमालियामा अल सेबाबका ४० आतङ्ककारी मारिए
एजेन्सी । सोमालियामा सेनाले गरेको कारबाहीका क्रममा त्यहाँका अल सेबाब आतङ्ककारी सङ्गठनका ४० जना आतंककारीको मृत्यु भएको जनाएको छ ।
सोमालियाली सेनाले सो कुराको जानकारी दिएको हो । बिहीबार यहाँको मध्य क्षेत्रीय हिरान क्षेत्रमा गरेको कारबाहीका क्रममा ती लडाकाहरु मारिएका बताइएको हो ।
सोमाली सेनाका कमाण्डरले सोमालियाली समाचार समितिलाई बिहीबार दिएको जानकारीअनुसार यहाँको राष्ट्रिय सेनाले मध्य सोमालियाको हिरान सहरमा गरेको कारबाहीका क्रममा ४० जना लडाका मारिएका र अरु केही घाइते भएका जनाएका छन् ।
सो कारबाहीका क्रममा अल सेबाब समूहका एकजना कमाण्डर पनि मारिएका बताइएको छ । त्यसक्रममा अल सेबाब आतङ्ककारी सङ्गठनका कैयौँ हातहतियार पनि कब्जा गरिएको बताइएको छ ।
कारबाहीका क्रममा यहाँको सेनाका कमाण्डर पनि मारिएका छन् । उनलाई अल सेबाब संगठनका आतङ्ककारीले गोली हानेका थिए । हिरान क्षेत्रमा अल सेबाबका लडाकाहरुले विगत लामो समयदेखि आतङ्क मच्चाइरहेका र सोही सूचनाका आधारमा उनीहरुमाथि यहाँको सेनाले कारबाही थालेको बताइएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया