NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

चिनियाँ ढाँचाको समाजवाद र त्यसले दिएको समृद्धि

पाँच हजार वर्ष साम्राज्यिक र सांस्कृतिक इतिहास भएको चीनले अहिलेको आर्थिक विकासको अवस्थामा आइपुुग्न थुप्रै उतारचढाव बेहोर्दै आएको छ । आधुनिक चीनको यात्रा १९४९ को साम्यवादी राज्य क्रान्तिबाट सुुरु भएको मानेता पनि माओकालीन चीनले करिब दुुई दशक राजनैतिक र सांस्कृतिक क्रान्तिमा बितायो । आधुनिक चीन, अझ चिनियाँँ ढाँचाको समाजवाद (साम्यवाद ?) को सुरुवात सत्तरीको दशकबाट देङ् स्याओ पिङको नेतृत्वमा सुरु भएको थियो । त्यसपछि हुु जिन्ताओ र सी जिन पिङले देङको विकास तथा शासन नीतिलाई दह्रिलो बनाउँदै आधुनिक चीन बनाउने काममा आक्रामक कार्य गरे, जसको परिणाम आजको चीन हो । जसले दोहोरो अंकको आर्थिक वृद्धि साथ इकोनोमिक डबल टायमलाई एक अंकीय वर्षमा झार्ने झण्डै अकल्पनीय उपलब्धि (इकोनोमिक मिराकल) हासिल ग-यो । यो कसरी सम्भव भयो र चिनियाँँ ढाँचाको समाजवाद के हो भन्ने विषयमा यहाँ संक्षिप्त प्रकाश पारिन्छ ।

सन् १९४९ मा माओ जेदोङ (माओ त्से तुङ) को नेतृत्वमा चिनियाँँ साम्यवादी क्रान्ति सम्पन्न भएपछि सत्तरीको दशकसम्म चीन आफ्नो विशालकाय जनसागरलाई जेनतेन आवश्यकता पूरा गर्न लागिरहेको थियो । राजनैतिक उपलब्धिलाई आर्थिक समृद्धिले रक्षाकवच प्रदान गर्न नसके त्यसको खासै अर्थ नरहने निश्चित थियो तर त्यो कसरी भन्ने विषयमा स्पष्ट रणनीति निर्धारण भइसकेको थिएन । सन् १९७८ को डिसेम्बर १८–२२ सम्म चलेको चिनियाँँ कम्युनिस्ट पार्टीको एघारौं कंग्रेसको प्लेनरी सेसनले केन्द्र नियन्त्रित अर्थतन्त्रलाई विस्तारै खुला नीतिसँग समायोजन गर्दै जाने नीतिलाई एक मतले पारित गरेपछि चीनले आर्थिक विकासको तीव्र गति समात्न पुग्यो । ग्रामीण क्षेत्र सुधारका लागि प्रतिस्पर्धा र उत्पादकत्व प्रवद्र्धन गर्न हाउसहोल्ड कन्ट्राक्ट सिस्टम लागू गरी आर्थिक क्रियाकलापमा जनताको स्वामित्व तथा प्रतिस्पर्धाको सुरुवात गरियो ।

असल शिक्षा, स्थायी रोजगारी, आय आर्जन र दह्रिलो सामाजिक सुरक्षा (स्वास्थ्य, वातावरण र आवास) सेवाको प्रत्याभूति चीनको विकासका आधार थिए

त्यस्तै, सन् १९७८ अघि चिनियाँँ अर्थतन्त्रमा राज्यको स्वामित्व ७८ प्रतिशत र सामूहिक (कम्युनको) स्वामित्व २२ प्रतिशत थियो । राज्य स्वामित्व संरचनाले जेनतेन निर्वाहको आवश्यकता पूरा गरे पनि द्रुत प्रगतिका लागि त्यो पर्याप्त थिएन । बजार संकेत र प्रतिस्पर्धाबिना अर्थतन्त्र कहिले पनि गतिशील हुन सक्तैन भन्ने अर्थतन्त्रको रहस्य देङलगायतका राजनेताहरूले बुझिसकेका थिए । उनीहरूले यो पनि वुझेका थिए कि आर्थिक विकासका लागि कडा अनुशासन र सामाजिक प्रणालीलाई निरन्तरता आवश्यक छ, अन्यथा अर्बौंको जनसंख्यालाई विकास अभियानमा समाहित गर्न सकिदैन र चिनियाँँ मौलिकता तहसनहस हुन जान्छ । त्यसैले वस्तुमा आधारित राज्यनियन्त्रित अर्थतन्त्रलाई क्रमिका रूपमा बजारमा समायोजन, स्वामित्व संरचना परिवर्तन, आन्तरिक क्षमता विकास र पूर्वाधार निर्माण गरेर वैदेशिक लगानी र साझेदारीका ढोकाहरू खुला गरिदै लगियो । विश्वअर्थतन्त्रमा कर्पोरेट गुरिल्लाका रूपमा विस्तारमा प्रभाव फिजाउँदै गएका बहुराष्ट्रिय कम्पनीहरूलाई चीनमा लगानी सहायता गर्ने नीति लिइयो, यसले आधुनिक प्रविधिसँग चीनलाई समायोजित गराउँदै लग्यो भने रोजगारीका व्यापक अवसर सिर्जना भए । तर पनि भूमिमाथिको स्वामित्व राज्य (वा सहकारी/कम्युन) मा राखिराख्ने सोचाइमा भने कुनै परिवर्तन गरिएन । शास्त्रीय अर्थशास्त्रीहरूले भनेझै भूमि नै आर्थिक विकासको सर्वाधिक महत्त्वपूर्ण र दुर्लभ साधन हो भन्ने कुरा पहिलेको कठोर साम्यवादी र अहिलेको उदारवादी–समाजवादी चीनको ठहर छ । यसलाई चिनियाँँहरू राज्य स्वामित्व नभनी सहकारी (कम्युन ?) स्वामित्व भन्न रुचाँउदछन् । राज्य, सहकारी, कम्युन वा स्थानीय सरकार जे भने पनि त्यो एकै हो ।

असल शिक्षा, स्थायी रोजगारी, आय आर्जन र दह्रिलो सामाजिक सुरक्षा (स्वास्थ्य, वातावरण र आवास) सेवाको प्रत्याभूति चीनको विकासका आधार थिए । भनौं विकास र समृद्धिका दह्रिला स्तम्भ थिए । राजनैतिक स्वतन्त्रता र मानव अधिकारको लागतमा दह्रिला विकास गर्ने चिनियाँँ साम्यवादी नेता देङ स्याओ पेङको रणनीति थियो । ‘कर्मशील चिनियाँ नेताहरू काम गर्ने हतियार कहिल्यै पनि भुल्दैनन्’ भन्ने मन्त्रले राजनैतिक कार्यकर्ताको अभिमुखीकरण गरिदै आएको छ । जनता नै महान् छन्, उनीहरू इतिहास निर्माता र राष्ट्रका जिम्मेवार व्यक्ति हुन् भन्ने बोध कार्यकारी (राजनीतिकंकर्मचारीतन्त्र) तहमा दह्रिलो रूपमा संस्थागत गरिएको छ ।

प्रत्येक व्यक्ति सीमित समयमा मात्र जिम्मेवारीमा रहन्छन् । प्रत्येक अवसर (जिम्मेवारी) सीमित समयका उपहार हुन्, त्यसलाई पूरा गर्ने सोच–सामथ्र्यको विकल्प प्रत्येक जिम्मेवारहरूमा रहनु हुँदैन । विकास यात्राको सुरुका दिन सन् १९७८ तिर देङ र त्यसपछि हुजिन्ताओ र सन् २०१३ पछि सी जिन पिनले लिएका रणनीति चीनलाई आर्थिक शक्ति बनाउन निकै योगदान गरेका छन् ।

चिनियाँँ कम्युनिस्ट पार्टीको १८ औं राष्ट्रिय कांग्रेसले चिनियाँँ ढाँचाको समाजवाद अभ्यासमार्फत चीनको कायाकल्प (व्यापक रूपान्तरण) गर्ने घोषणा ग-यो । सन् २०२१ सम्म सबै सांस्कृतिक समूहका चिनियाँहरूलाई आधुनिक जीवनशैलीमा पुु-याउँदै सन् २०४९ मा चिनियाँ जनक्रान्तिको शताब्दी पुुग्दा चीनलाई समृद्ध र सांस्कृतिक रूपमा सम्पन्न बनाइसक्ने चिनियाँ कायाकल्पको गन्तव्य छ । यो चिनियाँ ढाँचाको समाजवादबाट मात्र सम्भव छ भन्ने चिनियाँ पार्टीले सिद्ध गर्न चाहेको थियो । अन्य साम्यवादी मुलुकहरू एकएक गरी विकास र समृद्धिमा पछि पर्दै गएको अवस्थामा चिनियाँ ढाँचाको समाजवादमार्फत आर्थिक समृद्धि दिँदै मानव अधिकार र राजनीतिक स्वतन्त्रतालाई क्षतिपूर्ति गर्ने आभ्यान्तरिक रणनीति पनि रहेको देखिन्छ ।

अन्य साम्यवादी मुलुकहरू एकएक गरी विकास र समृद्धिमा पछि पर्दै गएको अवस्थामा चिनियाँ ढाँचाको समाजवादमार्फत आर्थिक समृद्धि दिँदै मानव अधिकार र राजनीतिक स्वतन्त्रतालाई क्षतिपूर्ति गर्ने आभ्यान्तरिक रणनीति पनि रहेको देखिन्छ

चिनियाँ ढाँचाको समाजवादमा केही आधार (सिद्धान्त तथा सर्त) हरू थिए, जसले चीनलाई अन्य साम्यवादी शासनभन्दा फरक बनाएको थियो । पहिलो आधार राजनीतिमा सामूहिक नेतृत्वको सवलीकरण थियो । जसलाई माओ त्से तुङले स्थापित गरेका थिए र पछि देङ् सियाओ पेङ हुँदै हुजिन्ताओले एक्काईसौं शताब्दीको परिस्करणमा लगेका थिए । वर्तमान नेता सि जिन पिनले त्यसलाई अझै दह्रिलो बनाइरहेका छन् ।

चिनियाँ ढाँचाको समाजवादको दोस्रो विशेषता राजनीति, सिद्धान्त र प्रणालीबीच संयोजन हो । यी तीन कुराको संयोजनले मात्र समाजवाद जनतासम्म पुुग्न सक्छ भन्ने दृढविश्वास चिनियाँ नेतृत्वमा थियो । आर्थिक समृद्धिको पहिलो प्राथमिकता र यसलाई राजनैतिक सांस्कृतिक र वातावरणीय रूपमा पुट दिनुपर्ने मान्यता राखियो । यसले मार्क्सवादी चिन्तनको चिनियाँशैली कार्यान्वयनलाई जोड दिन्छ । देङले यसलाई उच्च प्राथमिकतामा राखेका थिए । सन् १९९२ मा चीनको दक्षिण प्रान्तका भ्रमणका समयमा देङले भनेका थिए–चिनियाँ प्रणाली परिपक्व हुन तीन कुरा चाहिन्छ । पहिलो आर्थिक विकासका लागि संस्था निर्माण, दोस्रो त्यसलाई स्वचालित गति दिने तत्परता र तेस्रो विकासको सामाजिकीकरण । आर्थिक संस्थाहरूको निर्माणपछि विकासले स्वाभाविक गति पक्डिने देङको विश्वास थियो ।

चिनियाँ ढाँचाको समाजवाद निर्माणको अर्को आधार समष्टिगत योजना प्रणाली थियो । साम्यवाद यसै पनि योजना प्रणाली र प्रशासनिक संयन्त्रमार्फत आर्थिक विकासलाई नियोजित हस्तक्षेप हो, चीनले यसलाई चिनियाँकरण गर्न खोजेको थियो । सी नेतृत्वको चिनियाँ कम्युनिस्ट पार्टीको १८ औं बैठकले आर्थिक विकासका लागि योजना (समष्टिगत, क्षेत्रगत र स्थानीय) लाई कडा अनुशासनका साथ लिने काम ग-यो । देङको समयमा नै आर्थिक उपलब्धिले रक्षा गर्न नसेके समाजवाद खोक्रो हुने निष्कर्ष थियो । सीले यसलाई झनै कठोर बनाए ।

अठारौं जनकांग्रेसले चिनियाँ ढाँचाको समाजवादको सर्तको रूपमा ज्ञानको आधार निर्माणलाई लिन पुुग्यो । यसै पनि पाँच हजार वर्षको चिनियाँ सांस्कृतिक इतिहासमा गर्व गर्ने चिनियाँहरू आधुनिक चीनको निर्माणका लागि चिनियाँ शैलीमा ज्ञान निर्माण, उपयोग र परिमार्जन गर्ने अवधारणामा रहे । चिनियाँ सांस्कृतिक क्रान्तिले एउटा सेटब्याक दिएको थियो, यसै पनि लोकतन्त्र थिएन । ज्ञानमा आधारित समाज, शासकीय प्रणाली नभए अर्को सेटब्याक आउन सक्छ भन्ने निष्कर्ष सीमा थियो । ज्ञानको आधार योजना र संस्थागत विकासको पनि आधार थियो ।

सन् १९९२ मा चीनको दक्षिण प्रान्तका भ्रमणका समयमा देङले भनेका थिए–चिनियाँ प्रणाली परिपक्व हुन तीन कुरा चाहिन्छ । पहिलो आर्थिक विकासका लागि संस्था निर्माण, दोस्रो त्यसलाई स्वचालित गति दिने तत्परता र तेस्रो विकासको सामाजिकीकरण

अर्को आधार समाजवाद कार्यान्वयनका लागि राजनैतिक नेतृत्वको जिम्मेवारी निर्धारण थियो, जसले चीनलाई समृद्धि, स्थिरता, शान्ति र खुसी निर्माणको नेतृत्व दिनसक्थ्यो । आफूलाई कम्युनिस्ट (वामपन्थी) दाबी गर्ने मुलुकका नेतृत्वले सही जिम्मेवारी निर्वाह नगरेकाले नै कम्युनिस्ट व्यवस्थामा सैद्धान्तिक आधार र व्यावहारिकताबीच खाडल भएको चिनियाँहरूले नियालिरहेका थिए ।

चिनियाँ ढाँचाको समाजवादको शिल्प निर्माणमा ‘चार परीक्षण र चार जोखिम’ लाई निकै महत्त्वमा राखिएको थियो । चार परीक्षणमा शासकीय आधारहरूमा सुधार, अर्थतन्त्रलाई क्रमिक खुलापन, लगानी संरचना परिवर्तन र बाह्य विकासप्रति प्रतिक्रिया थिए । त्यस्तै, चार जोखिममा आन्तरिक प्रवृत्तिमा देखिन सक्ने अकर्मण्यता, अदक्षता, जनता र प्रणालीबीचको सम्बन्धविच्छेद र भ्रष्टाचारलगायतका नकारात्मक पक्ष थिए । नब्बेको दशकतिर सोभियत संघले ग्लासनोष्ट र पेरेस्त्रोइकाको नीति अवलम्बन त ग-यो तर त्यसको तत्परता र अभ्यासमा रहने जोखिम परीक्षण भएन । परिणामतः क्रमिकता भएन, एकैचोटि ह्वाङ्ग भयो, माक्र्सवादी चिन्तनको पहिलो प्रयोग तासको घरझैं झ-यापझुरूप भयो । साम्यवादको नाममा समृद्धिका सपना देखेका अन्य मुुलुकहरू कि त गहृयुद्ध र अस्थिरतामा फसे वा विकासविहीन अधिनायकत्वमा फसे । चिनियाँँ नेतृत्व भने यसबाट सजग थियो । त्यसैले परीक्षण र जोखिम विश्लेषणलाई चिनियाँहरूले मिहीन ढंगमा लिएका थिए ।

साम्यवादको नाममा समृद्धिका सपना देखेका अन्य मुुलुकहरू कि त गहृयुद्ध र अस्थिरतामा फसे वा विकासविहीन अधिनायकत्वमा फसे । चिनियाँँ नेतृत्व भने यसबाट सजग थियो

चिनियाँ ढाँचाको समाजवाद, चीनले अवलम्बन गरेको समाजवाद यान्त्रिक होइन, वैज्ञानिक समाजवाद हो, सामाजिक विकास हो । स्वयं माक्र्स र एंगेल्सले विचारको गतिशीलता र वैज्ञानिकीकरणमा जोड दिएका थिए । त्यसैले चिनियाँ नेतृत्वले राजनैतिक भन्दा व्यवस्थापकीय सिद्धान्तको व्यावहारिक प्रयोगमा ध्यान दिए ।

चिनियाँ कम्युनिस्ट पार्टीको १८ औं कांग्रेसले चिनियाँ ढाँचाको समाजवादका लागि कम्युनिस्ट पार्टीका कार्यकर्ताले अवलम्बन गर्नुपर्ने सिद्धान्त, अनुशसान र आचरणको विस्तृत खाकालाई पनि स्वीकृत गरेको थियो । किनभने, पार्टी कार्यकर्ताको व्यवहार र असक्षमताका कारण नै विश्वका धेरै कम्युुनिस्ट सत्ताहरू जनताको नजरबाट झरेका थिए । व्यवहारका कारण कम्युनिस्टहरू अरू राजनीतिक कार्यकर्ताभन्दा भिन्न हुन्छन् भन्ने सिद्ध गर्नु चिनियाँ ढाँचाको समाजवादको आदर्श थियो ।

चिनियाँ विकासको मार्गचित्र चिनियाँ कायाकल्प चीनका जनताको सामूहिक सपनाका रूपमा स्थापित थियो, जसले चीनियाँ ढाँचाको समाजवादलाई समृद्ध गराउँथ्यो । यसले चीनको पुुनर्जागरण, निर्माण र सुधार (रिभोल्युसन, कन्स्टक्सन एण्ड रिफर्म) मा चिनियाँ युवा नागरिकहरूको आकांक्षालाई केन्द्रविन्दुमा राख्दथ्यो, नेतृत्वको सोच थियो कि युवाको चाहना र आकांक्षाले चीनको भविष्य निर्धारण गर्दथ्यो । युवा परिचालन, युवामा व्यावसायिक सीप विकास, कामप्रति अभिमुखीकरण, युवा प्रवर्तनशीलता विकास, युवहरूलाई कडा मिहिनेतको बानी विकास, युवा अभियान र राजनीतिक परिचालनबीच सम्बन्ध स्थापना चिनियाँ कायाकल्प (चमत्कार) का ऊर्जा थिए । जीवनमा एकपटक युवा हुने मानिसको युवा जागरणलाई उपयोग गरी राष्ट्र निर्माण गराउनुु पर्छ भन्ने निष्कर्ष देङको समयमा नै निकालिएको थियो । तर कतिपय अवस्थामा चिनियाँ युवाहरूको भावनाको सम्मान गर्न नसक्दा तेयनमेन स्क्वायर युवा नरसंहारजस्ता कलंक चिनियाँँ नेतृत्वमा लागेको देखिन्छ ।

चीनको सपना पूरा गर्न चिनियाँ नेतृत्वले सुधारको गति र प्रवेग (टायम एण्ड पेस) पक्डिन निकै कसरत गरेको देखिन्छ । साथै आशावाद र सक्रियता साथसाथ लैजानुपर्छ, कडा मिहिनेत, विज्ञान र प्रविधिको सहजीकरण उत्पादन संगठनहरूको जागरण चाहिन्छ भन्ने तथ्यलाई देङ्, हुु, फेङ, र सी नेतृत्वले गम्भीरतासाथ लियो ।

चीनको कायाकल्प सबै चिनियाँहरूको सपनाका रूपमा लिइयो । सपानामा सबै चिनियाँ समावेश भए, जो चीनमा बसेको होस् वा चीन बाहिर नै किन नहोस् । सयको दशकमा प्रवेश गर्दा दश करोडभन्दा बढी चिनियाँहरू चीन बाहिर थिए तर तिनलाई बृहत्तर चीनका हिस्सा मानियो र एक चिनियाँलाई दुःख पर्दा अर्को स्वतः दुःखी हुनुपर्छ भन्ने भावनाले चिनियाँ कायाकल्पको सपना निर्माण गरिएको थियो । अर्को अर्थमा यो विस्तारित चिनियाँ राष्ट्रवाद थियो ।

साथै सुधार निरन्तरको प्रक्रिया हो र सधैं आक्रामक बनाइनुपर्छ भन्ने अन्तरबोध पनि गरिएको थियो । सुधारको गति सुस्त भएमा समयले अवसरलाई किनारा लगाउने र त्यसलाई पक्डिन त परै जाओस्, लामो समयमसम्म पछ्याइरहनुपर्ने अवस्था आउँछ भन्ने विश्वास चिनियाँ राजनेताहरूमा थियो । चिनियाँहरू सुधारको यो विस्तृत कार्यलाई ‘इन डेप्थ रिफर्म’ भन्न रुचाउँछन् । सीको नेतृत्वले चिनियाँ सुुधार प्रक्रियालाई अपनाउँदा यी कुरामा ध्यान दिएको थियो :

– बजारशक्ति साधन विनियोजनमा कुशल छ । यसलाई सम्भाव्य क्षेत्रमा उपयोग गर्नुपर्छ ।
– आर्थिक प्रणालीको स्वामित्व संरचना परिवर्तन आवश्यक छ । स्वामित्व नै उद्यमशीलताको शक्ति हो ।
– राज्य संरचनाभित्रका सार्वजनिक संस्थानहरूलाई आधुनिकीकरण गर्नुपर्छ, सामाजिक उद्यमका रूपमा विकास गरिनुपर्छ ।
– वित्तीय र कर प्रणालीको सुधारमार्फत लगानी विस्तार गर्नुपर्छ । बजारशक्ति विकासको पहिलो साझेदार हो ।
– सहर र ग्रामीण विकासबीच आबद्धता कायम गरिनुपर्दछ । जसले विकासलाई सन्तुुलित र समन्यायिक बनाई समृद्धिको यात्रालाई विस्तृत आधार दिन्छ ।
– न्यायिक सुशासनमार्फत शासकीय प्रणालीलाई आश्वस्त पार्नुपर्छ ।
– भ्रष्टाचारविरुद्धको कडा रणनीति लिइनुु पर्छ, अन्यथा विकास सुशासन र समृद्धिलाई विस्तृत आधार दिन सकिँदैन ।
– इन्टरनेट प्रविधिको विकासमार्फत उत्पादन, लगानी, बजारीकरण र मूल्यश्रृंखलालाई गतिशील बनाउनु पर्दछ ।
– राष्ट्रिय सुरक्षा आयोगको सक्रियता (आयोगलाई राष्ट्रिय भावनाको प्रतिरक्षा, राष्ट्रिय सुरक्षा, राष्ट्रिय आर्थिक चाखको विस्तारमा विशेष कार्यका लागि जिम्मेवारी दिइएको) ।
– राष्ट्रिय प्राकृतिक स्रोतको व्यवस्थापनमार्फत दिगो विकासको आधारलाई संस्थागत गरिनुु पर्दछ ।

कम्युनिस्ट पार्टीको १८ औं कांग्रेसको तेस्रो प्लेनरी बैठकपछि रसियन टेलिभिजनका सर्गेइ ब्रिलियोभलाई अन्तवार्ता दिने क्रममा सी जिन फिङले भनेका थिए कि केन्द्रीय सरकार र स्थानीय सरकारबीच, विभिन्न स्थानीयताबीच, पूर्व र पश्चिम चीनबीच सन्तुलन ल्याउने ठूलो चुनौती छ । सामाजिक वास्तविकतालाई उपयुक्त रूपमा टिपेर उपयुक्त प्राथमिकतासाथ उपयुक्त समयमा उपयुक्त रणनीति लिएर नै ९६ लाख वर्गमाइलमा फैलिएको, १ अर्ब ३० करोड जनसंख्या भएको ५६ जातीय समुदाय भएको देशलाई विकास, सुशासन र समृद्धिमा लगिएको छ । यो काम कम्ता चुनौतीपूर्ण छैन । नेतृत्व स्वार्थ र संकीर्णतामा रहेको भए, सबै समय सक्रिय नभएको भए वैयक्तिक चाखमा अल्झिई सार्वजनिक रूपमा समर्पित नभएको भए विकास र समृद्धि सम्भव थिएन । ठूलो देश, ठूलो जनसंख्याका ठूलै आवश्यकता पूरा गर्न प्रयास पनि ठूलै चाहिन्छ भन्ने शिक्षा चीनले दिएको छ । परिणामतः चिनियाँ उत्पादनले विश्वव्यापी बजार पाएको छ । सन् २०५० पछि एसियाको आर्थिक युुग बनाउने यात्राको चीन सबैभन्दा ठूलो पात्र हुँदैछ, जसलाई कोभिडजस्तो विपतले पनि धेरै असर पु-याउन सकेन ।

जीवनमा एकपटक युवा हुने मानिसको युवा जागरणलाई उपयोग गरी राष्ट्र निर्माण गराउनुु पर्छ भन्ने निष्कर्ष देङको समयमा नै निकालिएको थियो

चीन यसरी समाजवादभित्रै बजारअर्थतन्त्र विकसित हुनसक्छ भन्ने सन्देश बाँकी विश्वलाई दिइरहेको छ, जसलाई हामी ‘नियोजित बजार’ वा ‘उदारीकृत समाजवाद’ भन्न सक्छौं । यही आर्थिक ढाँचाबाट सेञ्जेन तथा शाङ्घाईजस्ता औद्योगिक सहर प्रतिव्यक्ति गार्हस्थ्य आय ५० हजार डलरमाथि पार्न सफल भइसके भने गान्सु, गुइझाऊ, युन्नान र आन्हुईजस्ता सापेक्षिक रूपमा कम आर्थिक उत्पादन भएका क्षेत्रहरू सेञ्जेन र शाङ्घाईलाई पछ्याइ रहेछन् । तुलनात्मक रूपमा गरिबी भएका प्रान्तहरूमा लक्षित कार्यक्रम, गरिबी न्यूनीकरण कोष र अनुदान सहुलियतका सामाजिक सुरक्षा कार्यक्रमहरू सञ्चालित छन्, जसले अबको केही वर्षमा चीनमा विपन्न आर्थिक अवस्था भएका मानिसहरू रहने छैनन् ।

चिनियाँँ चमत्कार (कायाकल्प) मा खासै ठूला सिद्धान्त र दर्शनहरू थिएनन् । सामान्य आर्थिक सामाजिक विकास कार्यक्रमलाई व्यवस्थापनका सिद्धान्तअनुसार व्यावहारिक रूपमा प्रयोग गरेर नै चीनले आर्थिक विकासका चुुनौती सम्बोधन गर्न सकेको हो । उसले लिएका विकास रणनीतिमा कुनै ठूला कुराहरू र जादुुगरी छैन, कार्याभ्यासमा कठोर रणनीति मात्र छ । जस्तो विकासका लागि लिएका रणनीतिमा (क) निर्धारित आर्थिक वृद्धि हासिल गर्ने सबल वित्तीय र मौद्रिक नीति, (ख) कृषिलाई आर्थिक विकासको आधारका रूपमा लिने कार्यखाका, (ग) नियोजित औद्योगिक र सहरी विकास, (घ) समाजवादी बजार संरचनाको संस्थानीकरण, (ङ) जीवनस्तर सुधारका लागि कमजोर र न्यून आय समूूहका जोखिमयुक्त वर्गमा अनुदान र सामाजिक सुरक्षा र (च) बाह्य बजारसँगको आवद्धीकरण/उदारीकरण । यी विषयहरू योजनाबद्ध विकासमा समाहित भएका मुलुकले सबैले अवलम्बन गरेका भन्दै आएका छन् । नेपालजस्ता मुलुकमा त अझ विश्वका उत्कृष्ट विश्वविद्यालयबाट शैक्षिक उपलब्धि लिएका भनिएका बैंक, विश्वविद्यालय र अनुसन्धान संस्थामा विज्ञता हासिल गरेका भनिएका व्यक्तिहरू नै राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकको नेतृत्व रहेका र त्यसपछि फेरि उत्कृष्ट मानिएका संस्थाहरूमा विज्ञ हुने गरेका छन् । कतिपय अवस्थामा सुुझाव दिने र त्यसलाई आफैंले कार्यान्वयन गर्ने जिम्मेवारीमा पुुगेका छन् । तर बेबी बुमर सयमा जन्मेका र ८० को शताब्दीमा प्रशिक्षित भएका यी विज्ञहरू सोच, शैली र संस्कारमा गतावधिक रहे, झनै गतावधिक बन्दैछन् । आर्थिक विकासका नीतिशिल्पी र सल्लाहकारहरू विज्ञ भएर पनि विकास र समृद्धिको नेतृत्व दिन असफल हुनुुले देशको भविष्यप्रति नै अन्याय गरिरहेको छ । व्यक्तिगत तहमा रहेको विज्ञता र प्राज्ञले सार्वजनिक उपलब्धि दिन नसक्नेहरूले पटकपटक जिम्मेवारीचाहिँ किन लिए ? त्यो आफ्नै विज्ञतामाथि पनि अन्याय होइन र भन्नेजस्ता केही गम्भीर प्रश्नहरू पनि उठाइरहेको छ ।

विकासका लागि बौद्धिकता र विज्ञताभन्दा अनुशासन ठूलो रहेछ । चीनले यही पुष्टि गरेको छ

चीन विकसित मुलुक बनिसकेको छैन, तर उसले पक्डेको विकास यात्रा र देखाउँदै आएको आक्रामक कार्यशैलीले केही शिक्षा दिएको छ । जस्तो कि विकास भनेको राजनीति होइन रहेछ, योजना भनेको योजनाका कोरा खाका मात्र होइन रहेछ । विकासको प्रक्रियामा युवा शक्तिलाई रोजगारीले पहिलो महत्त्व राख्दछ । युवाको आकांक्षा र उत्साहलाई उपयोग गरेर नै समृद्धिको जग खडा गर्न सकिन्छ । सकारात्मकता र नैतिक आधारबिना विकासको गति पक्डिन सकिँदैन, नेतृत्वले त्यसको प्रदर्शन गर्नुुपर्छ । संस्कृति विकासलाई नरम शक्तिको रूपमा लिनुुपर्छ, सामाजिक मूल्य संस्कृतिलाई संरक्षण गरी विकासको आन्तरिकीकरण गरिनुु पर्दछ । साधन परिचालनलाई न्यायपूर्ण बाटो अवलम्बन गर्नुपर्छ । सरकारी योजना र वार्षिक विकास कार्यक्रम नेतृत्वले आफ्नो चुनाव क्षेत्रकेन्द्रित गर्ने विषय होइनन्, प्रक्रियाले न्याय गर्न सकेन भने राजनैतिक नेतृत्वको कुनै अर्थ र महत्ता रहन्न, त्यो नेतृत्व नै होइन । निजी क्षेत्रलाई आर्थिक विकासमा परिचालन गर्न नसके त्यो नेतृत्व सामर्थहीन हो । विकास र समृद्धिलाई जनताको एजेण्डा नबनाउने नेतृत्व दृष्टिबोधी पनि होइन, गतावधिक हो । विकास यात्रा सुरु गर्दा नेपाल र चीनको आर्थिक सूचक हेर्दा पनि हाम्रा ६ दशक किन हराए ? विकासका लागि बौद्धिकता र विज्ञताभन्दा अनुशासन ठूलो रहेछ । चीनले यही पुष्टि गरेको छ । साथै चीनले के पनि शिक्षा दिएको छ भने जनता र विकास नै राष्ट्रवादका विषय हुन्, यो राजनीति गर्ने विषय होइन । राष्ट्रिय पुँजी, राष्ट्रिय स्वामित्व, राष्ट्रिय बजार मात्र भनेको भए चीन यस अवस्थामा पुग्नसक्ने थिएन । स्वतन्त्रता नभए पनि समृद्धिले त्यसलाई क्षतिपूर्ति गरेको छ र अबको यात्रा समृद्धि र स्वतन्त्रताको सन्तुलन भन्ने सीलगायत चिनियाँ राजनेताले बुझेका होलान, किनकि आर्थिक स्वतन्त्रताले त्यसको आधार दिइसकेको छ ।

(नेपाल सरकारका पूर्वसचिव मैनाली नेपालवाचका स्तम्भकार हुन् । उनलाई ट्विन्टर ह्याण्डल @mainaligopiमा भेट्न सकिन्छ ।)

मैनालीका नेपालवाचमा यसअघि प्रकाशित लेख तथा ब्लक पढ्न यहाँ क्लिक गर्नुहोस्