NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

अर्थशास्त्री वाग्लेको अगुवाइमा कस्तो घोषणापत्र बनाउँदै छ नेपाली कांग्रेस ?

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो घोषणापत्र को संक्षिप्त सार सार्वजनिक गरेको छ । आज बसेको केन्द्रीय समितिको बैठकको निर्णबारे जानकारी दिँदै पार्टीका सह महमन्त्री जीवन परियारले निरन्तरतामा नवीनता दिनेगरि घोषणापत्र तयार पार्ने बताएका हुन् ।

कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा ४१ सदस्यीय घोषणापत्र तयारी समिति निर्माण गरेको छ । यो समितिको पहिलो बैठकबाट नै प्रारम्भीक मस्यौदा उपसमिति तयार भएको थियो । उसिमितिका संयोजक योजना आयोगका पूर्व उपाध्यक्ष डा.स्वर्णिम वाग्ले छन् ।

उक्त उपसमितिमा अर्का पूर्व उपध्यक्ष डा.गोबिन्दराज पोखरेल, नेता केदार शर्मा वाग्ले, डा.कृष्ण पौडेल, प्रताव पौडेललगायत सदस्य छन् ।

घोषणापत्र मूलतः तीन खण्डमा विभाजित गरिएको कांग्रेसका नेता तथा अर्थशास्त्री डा. वाग्लेकोे भनाई छ । पहिलो खण्डमा समसामयिक राजनीति, नेपाली कांग्रेसको एजेन्डा र त्यसमा पार्टीको दृष्टिकोणलाई समेटिएको छ ।

यसमा गणतन्त्र, संविधान र सुशासनका बारेमा केही टिप्पणी गरिनेछ । त्यो सँगसँगै कोभिड कुटनीति, संविधानलाई ट्राकमा ल्याएको विषय, ठूला–ठूला रूपान्तरणकारी परियोजनामा कांग्रेसले लिएका अडान, नागरिकता विधेयकलगायतका विषयमा राजनीतिक टिप्प्णी हुनेछ ।

घोषणापत्रको दोस्रो खण्डमा लोकतान्त्रिक प्रणालीभित्र समुन्नत नेपालको मार्गचित्रबारे चर्चा गरिनेछ । फराकिलो आर्थिक सामथ्र्यबारे पनि यही खण्डमा समावेश गरिनेछ । यसमा समन्यायिक समाज र नेपालको सांस्कृतिक सहअस्तित्वको विषय उठान गरिएको छ । शिक्षा, स्वास्थ्य, पोषणा, समाजिक सुरक्षालगायतका विषय पनि समेटिएको छ ।

त्यस्तै जलवायु परिवर्तन, वन वातावरण र विपद् व्यवस्थापका विषय, सार्वभौमिक समानता र सशक्त अन्तर्राष्ट्रिय भूमिकाको खाका पनि यस खण्डभित्र तयार हुनेछ ।

तेस्रो खण्डमा यी विषयलाई अझै विस्तृतीकरण गरिनेछ । जसमा उल्लेख गरिएका यी क्षेत्रहरूमा पहिलाका र अहिलेका अवस्था र अबको पाँच वर्षमा कहाँ लैजाने भन्ने ‘रोडम्याप’ सहित प्रस्तुत गरिनेछ । योजना पूरा गर्न गरिएको वित्तिय व्यवस्थापन, राजस्वको प्रक्षेपण, ऋण, अनुदानलगायतका विषय पनि उल्लेख गरिनेछ ।
पहिलोमा राजनीतिक टिप्पणी, दोस्रोमा विकासको ‘रोडम्याप’ र तेस्रोमा क्षेत्रगत प्राथामिकता गरेर तीन खण्डमा घोषणपत्रलाई विभाजन गरिएको हो । यसमा विशेषगरी आर्थिक सुशासनको पाटोलाई बढी महत्व दिने डा.वाग्लेले बताए ।

योसँगै पार्टीले तत्काल गर्न सकिने कामबारे आर्थिक एजेण्डा पनि प्रस्तुत गरिनेछ । त्यसमा अहिलेका बाह्य क्षेत्रको कमजोरी, कर्जा तथा मुद्रास्फीति, सार्वजनिक आय र खर्च, कृषि र औद्योगिक पूर्वाधार, रोजगारी, सिप, शिक्षा, स्वच्छ उर्जाका विषयहरू र नयाँ सम्भावनाका क्षेत्रबारे पनि योजनजा तर्जुमा गरिने उनको भनाई छ ।

घोषणापत्रको पूर्ण विवरण एक हप्तामा सार्वजनिक हुनेछ ।

ताजा अपडेट

नेपालवाच विशेष