इबोला फैलिन नदिन उच्च सतर्कता
काठमाडाैं । युगान्डाको राजधानी कम्पालामा इबोला भाइरसको संक्रमण फैलिन सक्ने खतरा धेरै रहेकाले यहाँ उच्च सतर्कताका राखिएको छ । यहाँका राष्ट्रपति योवेरी मुसेवेनीले कम्पालामा यो भाइरसको संक्रमण र फैलावटको अधिक सम्भावना रहेको भन्दै यस सहरमा उच्च सतर्कता अपनाइएको बताएका छन् ।
उनले ट्वीट गरेर सो कुराको जानकारी दिएका हुन् । सोमबार युगान्डाको मुबेन्डेमा दुई जनामा यो भाइरसको संक्रमण देखिएको थियो । त्यसैले सो संक्रमण यहाँ नआओस भनेर सतर्कता अपनाइएको उनले बताएका छन् ।
मुबेन्डे यसअघि इबोलाको संक्रमण निकै धेरै भएको नगर हो । युगान्डामा इबोला सोही सहरबाट फैलिएको थियो । त्यसैले अहिले पनि यहाँ उक्त भाइरसको संक्रमण देखिएकाले अहिलेदेखि नै उच्च सतर्कता अपनाइएको र त्यहाँ सो भाइरसको संक्रमण हुन नदिन आवश्यक पूर्वतयारी र मापदण्डहरु अपनाइएको उनले सो ट्वीटमा भनेका छन् ।
यही अक्टोबर १५ सम्मको युगान्डाको तथ्यांक अनुसार यहाँ ५८ जनामा इबोलाको संक्रमण देखिएको थियो र तीमध्ये १९ जनाको मृत्यु भएको थियो । त्यस्तै २० जना सङ्क्रमित निको भएर घर फर्किएका थिए ।
गत सेप्टेम्बर २० मा यहाँ मुबेन्डेमा पहिलो पटक इबोलाको सङ्क्रमण देखिएको थियो । केही वर्षअघि अफ्रिकामा देखिएको यो सङ्क्रमण घातक रहेको छ । यस सङ्क्रमणबाट अफ्रिकी देशहरुमा हजारौँ मानिसको ज्यान लिइसकेको छ ।
ताजा अपडेट
-
विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी
-
मोबाइल बैंकिङ प्रयोगकर्ता ३ करोड नाघे, चाडपर्वमा बढ्यो डिजिटल कारोबार
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक


प्रतिक्रिया