भन्सार र आन्तरिक राजस्वका महानिर्देशक परिवर्तन हुँदै

काठमाडौं। सरकारले दुई महत्त्वपूर्ण विभागका महानिर्देशकहरू परिवर्तन गर्न प्रक्रिया अघि बढाएको छ ।
निर्वाचन आचार संहिता सक्रिय रहेका बेला भन्सार विभाग र आन्तरिक राजस्व विभागका महानिर्देशकहरु परिवर्तन गर्न लागिएको हो ।
दुई विभागका महानिर्देशकहरू परिवर्तनका लागि अर्थ मन्त्रालयले निर्वाचन आयोगसँग सहमति माग गरिसकेको छ । आयोगको सहमति लगत्तै विभागको नेतृत्व परिवर्तन हुनेछ ।
अर्थ मन्त्रालयले भन्सार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईलाई हटाएर चक्र बुढालाई लैजान लागेको हो । बुढा अहिले अर्थ मन्त्रालयको बजेट महाशाखा प्रमुख हुन् ।
त्यस्तै, आन्तरिक राजस्व विभागका महानिर्देशकबाट रितेश शाक्यलाई हटाएर दीर्घराज मैनालीलाई लैजान लागिएको छ ।
सिंहदरबारका कर्मचारीको सरसफाइ : फोहोर पर्दा र कार्पेट ओछ्याउछन्, नधोएको तौलिया प्रयोग गर्छन्
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया