भन्सार र आन्तरिक राजस्वका महानिर्देशक परिवर्तन हुँदै
काठमाडौं। सरकारले दुई महत्त्वपूर्ण विभागका महानिर्देशकहरू परिवर्तन गर्न प्रक्रिया अघि बढाएको छ ।
निर्वाचन आचार संहिता सक्रिय रहेका बेला भन्सार विभाग र आन्तरिक राजस्व विभागका महानिर्देशकहरु परिवर्तन गर्न लागिएको हो ।
दुई विभागका महानिर्देशकहरू परिवर्तनका लागि अर्थ मन्त्रालयले निर्वाचन आयोगसँग सहमति माग गरिसकेको छ । आयोगको सहमति लगत्तै विभागको नेतृत्व परिवर्तन हुनेछ ।
अर्थ मन्त्रालयले भन्सार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईलाई हटाएर चक्र बुढालाई लैजान लागेको हो । बुढा अहिले अर्थ मन्त्रालयको बजेट महाशाखा प्रमुख हुन् ।
त्यस्तै, आन्तरिक राजस्व विभागका महानिर्देशकबाट रितेश शाक्यलाई हटाएर दीर्घराज मैनालीलाई लैजान लागिएको छ ।
सिंहदरबारका कर्मचारीको सरसफाइ : फोहोर पर्दा र कार्पेट ओछ्याउछन्, नधोएको तौलिया प्रयोग गर्छन्
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया