मोगादिसुमा आक्रमण : १५ जनाको मृत्यु
एजेन्सी । मोगादिसुको दक्षिणी भागमा रहेको सैन्य प्रशिक्षण शिविरको प्रवेशद्वारमा शनिबार साँझ भएको आत्मघाती बम विस्फोटमा कम्तीमा १५ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले आइतबार जानकारी दिएका छन् ।
हताहत हुनेहरूमा सर्वसाधारण र नयाँ भर्ती भएकाहरु रहेका गारोवे न्यूज पोर्टलले एक सैन्य अधिकारीलाई उद्धृत गर्दै जानकारी दिएको छ । यस आक्रमणमा परी धेरै मानिसहरू घाइते भएका जनाइएको छ । इस्लामिक लडाकू समूह अल–शबाबले यस आक्रमणको जिम्मेवारी लिएको छ ।
इस्लामवादी लडाकू समूह अल–शबाबले आक्रमणको जिम्मेवारी लिएका अन्य स्थानीय सञ्चार माध्यमले पनि जानकारी दिएको छ । सोमालियाको हिरान क्षेत्रको एउटा गाउँमा गत बिहीबार साँझ सरकार समर्थक मिलिशियाले समर्थन गरेको सोमाली राष्ट्रिय सेनाले एक सय भन्दा बढी अल–शबाब लडाकूहरुलाई मारेको जनाइएको छ ।
एक हप्ताअघि मोगादिसुमा सोमालियाको शिक्षा मन्त्रालयको भवनलक्षित गरी दुईवटा कार बम विष्फोटमा कम्तीमा एक सय जनाको मृत्यु हुनुका साथै तीन सय भन्दा बढी घाइते भएका थिए ।
अल–शबाबले सोमालियाको केन्द्रीय सरकारलाई ध्वस्त पार्न र इस्लामिक कानूनको कडा व्याख्याको आधारमा आफ्नै शासन स्थापना गर्न एक दशकभन्दा बढी समयदेखि लडिरहेको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया