आतंकवादी हमलामा परी दुई प्रहरीको मृत्यु
पाकिस्तान । पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबर पख्तुनख्वाको दक्षिण भागमा पर्ने वजिरिस्तान जिल्लामा मंगलबार राति भएको आतंकवादी हमलामा परी कम्तीमा दुई प्रहरीको मृत्यु हुनुको साथै अन्य तीन जना घाइते भएका प्रहरीले जनाएको छ ।
अज्ञात आतंककारीहरूले मध्यरातमा यस जिल्लाको रघजाई क्षेत्रको एक प्रहरी चौकीमा आक्रमण गरेका र परिणामस्वरूप प्रहरीहरु हताहत भएका सञ्चार माध्यमले जानकारी दिएको छ ।
आतंककारीहरूले एम्बुलेन्स र प्रहरी चौकीमा आगजनी गरेका र चौकीबाट दुई दर्जनभन्दा बढी मेसिनगन, एक थान हलुका मेसिनगन र फिल्डर कारसमेत चोरी गरेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया