NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

आतंकवादी हमलामा परी दुई प्रहरीको मृत्यु

पाकिस्तान । पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबर पख्तुनख्वाको दक्षिण भागमा पर्ने वजिरिस्तान जिल्लामा मंगलबार राति भएको आतंकवादी हमलामा परी कम्तीमा दुई प्रहरीको मृत्यु हुनुको साथै अन्य तीन जना घाइते भएका प्रहरीले जनाएको छ ।

अज्ञात आतंककारीहरूले मध्यरातमा यस जिल्लाको रघजाई क्षेत्रको एक प्रहरी चौकीमा आक्रमण गरेका  र परिणामस्वरूप प्रहरीहरु हताहत भएका सञ्चार माध्यमले जानकारी दिएको छ ।

आतंककारीहरूले एम्बुलेन्स र प्रहरी चौकीमा आगजनी गरेका र  चौकीबाट दुई दर्जनभन्दा बढी मेसिनगन, एक थान हलुका मेसिनगन र फिल्डर कारसमेत चोरी गरेको प्रहरीले जनाएको छ ।