NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

निर्वाचन तयारी : आयोगले के–के गर्यो, के बाँकी छ ?

काठमाडौं । निर्वाचन आयोग आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न तीव्र गृह कार्यमा लागेको छ । कतिपय तयारी सम्पन्न भइसकेका छन् भने कतिपय प्रक्रियामा छन् ।

मतदान अधिकृतसहित कर्मचारी, सुरक्षाकर्मीलाई सम्बन्धित मतदानस्थल र केन्द्रमा मतपत्र, मतपेटिका र मतदान सामग्रीसहित खटाउने काम निर्वाचन आयोगले गरिसकेको छ । सुरक्षित ढंगले पुग्यो कि पुगेन, कहाँ पुग्यो हेरेर १ मंसिरभित्र सबै मतदान केन्द्रमा पुर्‍याउने गरी खटनपटनमा लागेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए ।

सुरक्षा व्यवस्थालाई नयाँ ढंगबाट अगाडि बढाउने काम पनि सँगसँगै भइरहेको आयोगले जनाएको छ । आयोगले पहिले केन्द्रमा सुरक्षा योजना बनाएको थियो । त्यसमा केही संशोधन गरेर २५ कात्तिकसम्ममा सबै प्रदेशस्तरमा क्षेत्रीय सुरक्षा गोष्ठी सम्पन्न गर्ने, २६ र २७ कात्तिकमा ७७ वटै जिल्लामा सुरक्षा समितिको बैठक राखेर अवस्थाको विश्लेषण गरी ३० कात्तिकभित्रमा आयोगमा पठाउने र सुरक्षा योजनाअनुसार बैठक बसेर तदअनुसार परिचालन गर्न लागिएको छ ।

आचारसंहिता कार्यान्वयन र पालनालाई पनि आयोगले दृढतापूर्वक अघि बढाएको छ । दल तथा उम्मेदवारविरद्ध परेका उजुरी, अनुगमन तथा स्पष्टीकरण सोधेका ठाउँमा कारबाहीलगायत कामलाई प्राथमिकता दिएको थपलियाले बताए ।

निर्वाचन खर्चको निगरानी पनि आयोगले गरिरहेको छ । कहाँ कति खर्च हुन्छ, के अवस्था छ, सामाजिक सञ्जालदेखि फिल्डमा हुने खर्चको सूक्ष्म अनुगमन गरेर नियन्त्रणको कार्य गरिरहेको थपलियाको भनाइ छ ।

मतपेटिका सुरक्षाका लागि तथा ढुवानीका लागि १० करोड रूपैयाँ गृह मन्त्रालयले विनियोजन गरिसकेको छ । दल, उम्मेदवार, निर्वाचनमा खटिएका कर्मचारी, स्थानीय प्रशासन र सुरक्षा निकायले मतपेटिका सुरक्षित साथ ल्याएर मतगणना गर्ने गर्ने आयोगको तयारी छ ।

बदर मत घटाएर शतप्रतिशत मतदान गराउन मतदाता शिक्षालाई वडास्तरमा पुर्‍याउने कार्य अहिले आयोगले गरिरहेको छ । वडावडामा महिला स्वयंसेविका मतदाता शिक्षा कार्यकर्ताका रूपमा परिचालन गरिएका छन् ।

आयोगले पालिकाहरूमा नमुना मतदान पनि गराइरहेको छ । जसको जिल्लादेखि केन्द्रबाट अनुगमन भइरहेको छ । बदर