NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

जो भोलि देश हाक्ने हैसियत राख्छन्

काठमाडौं । आसन्न निर्वाचनमा युवा उम्मेदवारहरूको उल्लेखनीय संख्या छ । उनीहरूमध्ये केही आगामी दिनमा आ–आफ्नो दलको मात्रै होइन देशकै नेतृत्व गर्ने क्षमता पनि राख्छन् । कतिपय युवा अनुहार संसदीय यात्रा आरम्भ गर्दै संसद् र पार्टी दुवैतिर प्रभावकारी भूमिका स्थापित गर्ने योजनासहित अगाडि बढेका छन् ।

एमाले महासचिव शंकर पोखरेल, सचिव योगेश भट्टराई, कांग्रेस महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा तथा नेता प्रदीप पौडेल, माओवादी उपमहासचिवत्रय जनार्दन शर्मा, वर्षमान पुन र पम्फा भुसाल विद्यार्थी राजनीति हुँदै पार्टी नेतृत्वमा स्थापित भइरहेका दोस्रो पुस्ताका नेता हुन् । उनीहरूलाई आ–आफ्नो पार्टीको भावी मुख्य नेतृत्वको रूपमा पनि हेर्ने गरिन्छ ।

एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला र सचिव रामकुमारी झाँक्री जोखिम मोल्न सक्ने विद्रोही स्वभावका नेताका हुन् । उनीहरू पार्टी र संसद्मा हस्तक्षेपकारी भूमिका खेल्न सक्ने नेताको रूपमा पनि चिनिन्छन् । ०६४ र ०७० मा निर्वाचन जितेका जसपा नेता इस्तियाक राई यसपटक पनि पुरानै क्षेत्र बाँके २ बाट चुनावी मैदानमा छन् । पश्चिममा मधेस आन्दोलनको नेतृत्व गरेर चर्चामा आएका उनी जसपाको कार्यकारिणी परिषद् सदस्य छन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन चुनाव जितेर नयाँ तरिकाले पार्टीको एजेन्डा संसद् र सरकार दुवैतिरबाट स्थापित गर्ने योजनामा छन् । आफ्नै नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी गठन गर्दै जनताबाट परीक्षण हुन पहिलोपटक चुनावी मैदानमा उत्रिएका रवि लामिछानेप्रति पनि मतदाताको अपेक्षा छ । चुनाव जितेर संसद्मा भूमिका खेल्दै पार्टीलाई वैकल्पिक शक्तिका रूपमा स्थापित गर्ने उनको योजना छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।