वेस्ट बैंकमा भएको झडपमा ३ प्यालेस्टाइनीको मृत्यु
वेस्ट बैंकको झडपका दुई छुट्टाछुट्टै घटनामा इजरायली सेनासँगको झडपमा मङ्गलबार बिहान दुई दाजुभाइसहित तीन प्यालेस्टाइनीको मृत्यु भएको छ ।
प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै २२ वर्षीय जावाद अल–रिमावी र उनका २१ वर्षीय भाइ जाफरको वेस्ट बैंक सहरको उत्तरपश्चिमी काफ्र ईन गाउँ नजिकै इजरायली सैनिकहरूले गोली हानी हत्या गरेको जनाएको छ । त्यस्तै विज्ञप्तिमा जनाइए अनुसार दुई दाजुभाइ गम्भीर घाइते भएको र सल्फित अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
यसैगरी स्वास्थ्य मन्त्रालयले जनाए अनुसार अर्का प्यालेस्टाइनी, मुफिद खलिल, दक्षिणी वेस्ट बैंक सहर हेब्रोनको उत्तरमा बेइट उमर गाउँमा झडपको क्रममा मारिएका हुन् ।
इजरायली सैनिकहरूले गाउँमा आक्रमण गरेपछि हिंसात्मक झडप सुरु भएको थियो र खलिलसहित नौ जना युवा घाइते भएको प्यालेस्टिनी स्रोत र प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया