मौसम : तीन प्रदेशमा आज हल्का वर्षा र हिमपात
![मौसम : तीन प्रदेशमा आज हल्का वर्षा र हिमपात](http://nepalwatch.com/wp-content/uploads/2022/01/apihimal_himpat_21643345320.jpg)
काठमाडौं । देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं एक, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही प्रदेश एक, बागमती र गण्डकी प्रदेशकै पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षा तथा सोही प्रदेशको उच्च पहाडी भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावनासमेत छ ।
बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।
राति प्रदेश नं १ का पहाडी भू–भागमा आंशिकदेखि पूर्ण बदली रही बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । विभागले तराईका केही भू–भागमा बिहानीपख हुस्सु÷कुहिरो लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिकरूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सात दशमलव छ डिग्री र अधिकतम तापक्रम १८ दशमलव सात डिग्री सेल्सियस रहेको छ ।
आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस चार दशमलव पाँच डिग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम २४ दशमलव आठ डिग्री सेल्सियस रहेको छ ।
ताजा अपडेट
-
फर्जी लाइसेन्स प्रकरणः उपसचिवसहित पाँच कर्मचारी पक्राउ
-
३२ सहसचिवको सरुवा
-
मुलुक बाहिर बसेर आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन अध्यक्ष ढकालको आग्रह
-
नेपालमा अवसरै अवसर छन्, आउनुहोस् मिलेर लगानी गरौँ : अध्यक्ष ढकाल
-
प्रहरी महानिरीक्षक ‘हटाउन लागिएको’ विषयमा बोल्यो प्रहरी प्रधान कार्यालय
प्रतिक्रिया