धनकुटामा जालीघर र टनेल प्रविधि अपनाउँदै किसान

धनकुटा । धनकुटाका किसानहरूले जालीघर र टनेल प्रविधि अपनाए तरकारी र फलफूल उत्पादन गर्न थालेका छन् ।
शत्रुकिरा, पुतली र ढुसीजन्य रोगको प्रकोपबाट बचाउन उपयुक्त मानिने टनेल प्रविधि प्रति किसान आकर्षित हुन थालेका हुन् । तर निश्चित किसानले मात्रै जालीघर र टनेल प्रविधि अपाइरहेका छन् ।
बेमौसमा पनि राम्रो उत्पादन लिन सकिने भएपछि गोलभेंडा खेतिका लागि टनेल प्रविधिको प्रयोग गरेको धनकुटा नगरपालिका ९ बेलहराका गोविन्दराज रायले जानकारी दिए ।
गोडमेल, मलखाद तथा तापक्रम व्यवस्थापनमा सहयोग पुुग्ने भएपछि धनकुटाका किसान यस्तो खेति प्रविधिमा आकर्षित भएका हुन् । सामान्यतया चार आना जग्गामा एउटा टनेल बनाउँन २ लाख रूपैयाँ सम्म खर्च हुने किसानहरू बताउँछन् ।सुविधायुक्त ग्रीन हाउस बनाउन भने ६ लाख रूपैयाँसम्म पर्छ ।
थोरै जमिन र कम सिँचाइ सुविधा भएका किसानलाई यो उपयोगी छ । बर्खे झरी, हिउँदको चिसो र बेमौसममा पनि टनेल भित्र गरिने फलफूल र तरकारीको उत्पादन तथा गुुणस्तर राम्रो हुने कृषि प्राविधिकको भनाइ छ ।
ताजा अपडेट
-
बाढीको जोखिमले राजमार्ग छेउ बस्न बाध्य वनहराका भूमिहीन परिवार
-
निजामती विधेयक अनधिकृत रूपमा परिवर्तन गरिनु संसद्प्रति अपमान हो : डा. शेखर कोइराला
-
वीरगञ्ज भन्सार : भारतबाट आयात चार खर्ब ३४ अर्ब, निर्यात ८७ अर्ब
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
पशुपति क्षेत्र विकास कोषको निमित्त सदस्य सचिवमा जोशी
प्रतिक्रिया