धनकुटामा जालीघर र टनेल प्रविधि अपनाउँदै किसान
धनकुटा । धनकुटाका किसानहरूले जालीघर र टनेल प्रविधि अपनाए तरकारी र फलफूल उत्पादन गर्न थालेका छन् ।
शत्रुकिरा, पुतली र ढुसीजन्य रोगको प्रकोपबाट बचाउन उपयुक्त मानिने टनेल प्रविधि प्रति किसान आकर्षित हुन थालेका हुन् । तर निश्चित किसानले मात्रै जालीघर र टनेल प्रविधि अपाइरहेका छन् ।
बेमौसमा पनि राम्रो उत्पादन लिन सकिने भएपछि गोलभेंडा खेतिका लागि टनेल प्रविधिको प्रयोग गरेको धनकुटा नगरपालिका ९ बेलहराका गोविन्दराज रायले जानकारी दिए ।
गोडमेल, मलखाद तथा तापक्रम व्यवस्थापनमा सहयोग पुुग्ने भएपछि धनकुटाका किसान यस्तो खेति प्रविधिमा आकर्षित भएका हुन् । सामान्यतया चार आना जग्गामा एउटा टनेल बनाउँन २ लाख रूपैयाँ सम्म खर्च हुने किसानहरू बताउँछन् ।सुविधायुक्त ग्रीन हाउस बनाउन भने ६ लाख रूपैयाँसम्म पर्छ ।
थोरै जमिन र कम सिँचाइ सुविधा भएका किसानलाई यो उपयोगी छ । बर्खे झरी, हिउँदको चिसो र बेमौसममा पनि टनेल भित्र गरिने फलफूल र तरकारीको उत्पादन तथा गुुणस्तर राम्रो हुने कृषि प्राविधिकको भनाइ छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया