पाकिस्तानको क्वेटामा सिलिन्डर विस्फोट हुँदा ६जनाको मृत्यु
पाकिस्तान । पाकिस्तानको दक्षिणपश्चिममा पर्ने प्रान्तीय राजधानी क्वेटामा शनिबार राति ग्यास सिलिन्डर विस्फोट हुँदा चार बालबालिकासहित कम्तीमा छ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले आइतबार जानकारी दिएका छन् ।
प्राप्त समाचारअनुसार देशको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको प्रान्तीय राजधानी क्वेटाको स्याटेलाइट टाउन क्षेत्रमा एक परिवारका सदस्यले हिटर बाल्ने प्रयास गर्दा विस्फोट भएको थियो ।
उद्धार टोली घटनास्थलमा पुगेर शवलाई अस्पतालमा लगिएको छ । विष्फोटमा परी एक दम्पती र उनीहरुका चार सन्तानसहित सबैको घटनास्थलमै मृत्यु भएको उद्धारकर्मीले जनाएका छन् ।
सिलिण्डरबाट ग्यास चुहिएर विष्फोट भएको र घरमा समेत गम्भीर क्षति पुगेको स्थानीय प्रहरीले सञ्चारमाध्यमलाई बताएको छ । क्वेटा लगायत बलुचिस्तानका धेरैजसो भागमा माइनस १५ डिग्री सेन्टिग्रेडसम्मको तापक्रमले तीव्र चिसो मौसमको सामना गरिरहेको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया