NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २७ गते

हाम्रो पात्रो हेल्थमा नगरपालिकाका डाक्टरसँग निःशुल्क परामर्श

काठमाडौं । हाम्रो पात्रो हेल्थ सेवामार्फत आफ्नो ‘प्लेटफर्म’ लाई नगरपालिकाहरूको लागि खुला गरेको छ । हाम्रो पात्रो हेल्थ सेवामार्फत नगरपालिकाहरूले आफ्ना नगरभित्रका वृद्धवृद्धा, फरक शारीरिक क्षमता भएका व्यक्तिहरू, स्कुले बालबालिका, महिलाहरूलाई घरबाट नै डाक्टरसँग निःशुल्क परामर्श लिन सक्ने व्यवस्था गरेको छ ।

चाँगुनारायाण नगरपालिकाले नगरभित्रका नागरिकहरूले डाक्टरसँग घरबाट निःशुल्क परामर्श सेवा सुरु गरेको छ । मंगलबार एक समारोहबीच चाँगुनारायण नगरपालिका प्रमुख जीवन खत्रीले नगरका डाक्टर शैलेश त्वानावासुसँग स्वास्थ्य परामर्श लिएर सेवाको शुभारम्भ गरे ।

शुभारम्भपश्चात् उनले भने, ‘नगरपालिकाको उद्देश्यअनुसार नगरवासीहरूलाई स्वास्थ्यसेवा सहज रूपमा उपलब्ध गराउने कार्यमा यस सेवाले थप बल पुर्याउँछ भन्ने विश्वास लिएको छु। भौगोलिक तथा यातायातको समस्या रहकेको हाम्रो जस्तो नगरमा वृद्धवृद्धा बालबालिका र शारीरिकरूपमा नगर अस्पतालसम्म पुग्न गाह्रो हुने नगरवासीलाई हाम्रो पात्रोसँगको सहकार्यमा प्रदान गरिएको यस सेवाले सहज हुने छ।’

नेपालका धेरै नगरपालिकाहरू हाम्रो पात्रो हेल्थसेवामार्फत आफ्ना नगरवासीलाई सेवा उपलब्ध गराउन उत्सुक देखिएका छन् । आगामी दिनमा धेरै नगरपालिकाहरूले नगरभित्रका वृद्धवृद्धा, फरक शारीरिक क्षमता भएका व्यक्तिहरू, स्कुले बालबालिका, महिलाहरूलाई नगरपालिका भित्रका डाक्टरसँग निःशुल्क परामर्श सेवा उपलब्ध गराउनु हुनेछ। नेपालमा थप मानिसहरूलाई स्वास्थ्य सेवामा जोड्न पाउँदा हामी खुसी छौँ,’ हाम्रो पात्रोका संस्थापक सीईओ शंकर उप्रेतीले भने ।

प्रयोगकर्ताले हाम्रो पात्रोको यो सेवा प्रयोग गर्न एन्ड्रोइडका लागि यहाँ क्लिक गरी गुगल प्ले स्टोरमा गएर तथा आइओएस एप स्टोरमा यहाँ गएर हाम्रोपात्रोको एप डाउनलोड गर्नुपर्नेछ । साथै https://apps.apple.com/np/app/hamro-patro-nepali-calendar/id401074157  वेबसाइटबाट समेत हाम्रो पात्रो हेल्थ प्रयोग गर्न सकिनेछ ।

हाम्रो पात्रो एपको टेलिहेल्थ सेवा, ‘हाम्रो पात्रो हेल्थ’ले आफ्नो स्थापनाको १ वर्षभित्र ३००० भन्दा बढी व्यक्तिहरू र २४ विशेषज्ञताका २०० भन्दा बढी डाक्टरहरूलाई इन्टरनेट पहुँच पुगेका नेपाली गाउँ, सहर तथा प्रवासबाट जोड्न सफल भइसकेको जनाएको छ । यस सेवामार्फत् डाक्टर खोज्न, डाक्टरसँग एपोइन्टमेन्ट लिन, डाक्टरसँग परामर्श लिन, प्रेस्क्रिप्सन लिन, डाक्टरसँग फलोअप गर्न र डाक्टरलाई रिभ्यु गर्न मिल्छ।