NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

आज सोनाम ल्हाेसार, देशभर सार्वजनिक बिदा

काठमाडौं । सरकारले आज सोनाम ल्हाेसारको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

आज सार्वजनिक बिदा भएसँगै सार्वजनिक संघसंस्था, शैक्षिक संघसंस्था, बैंक, बीमा, कम्पनीलगातका क्षेत्र बन्द रहनेछन् । सोनाम ल्होसार विशेषगरी तामाङ समुदायले नयाँ वर्षको रूपमा मनाउने गरिन्छ । सोनाम ल्हाेसार किसानहरूले बालिनाली उठाएपछि मनाइने चाड हो ।

ल्होसार मनाउने समुदायले ‘ल्हो’ अर्थात वर्ष बाह्रवटा भएको विश्वास गर्छन् । बाह्र वर्षको नाम पशुपंछी र जीवजन्तुका नामबाट राखिएको हुन्छ । जस्तै स् मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, सुँगुर वर्ष ।

यी बाह्र वर्गलाई यो समुदायले बाह्र राशिको रूपमा पनि लिने गरेको पाइन्छ । बाह्र वर्ष समाप्त भए पछि फेरि उही नाम दोहोर्‍याएर वर्ष गनिन्छ । यो वर्ष तामाङ समुदायले बिरालो वर्षको रूपमा मनाउँदैछन् ।