इराक र फ्रान्सबीच सहकार्यको सहमति
बग्दाद । इराक र फ्रान्सबीच विविध क्षेत्रमा द्विपक्षीय सहयोग प्रवद्धन गर्नेसम्बन्धी रणनीतिक साझेदारीको सम्झौता भएको छ । सम्झौताअनुसार दुवै देशले ऊर्जा र सुरक्षा मामिलामा सहयोग आदानप्रदान गर्नेछन् ।
इराकी प्रधानमन्त्री बिहीबार भएको फ्रान्सको भ्रमणका बेला उक्त सम्झौतामा हस्ताक्षर भएको हो । प्रधामन्त्री मोहम्मद शिया अल सुडानीले आफ्ना फ्रान्सेली समकक्षी एलिसावेथ बोर्न र राष्ट्रपति इम्यानुएल म्यात्रोँसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए ।
फ्रान्सेली नेतृत्वसँगको भेटवार्तामा इराक–फ्रान्स सम्बन्धका साथै क्षेत्रीय एवम् अन्तर्राष्ट्रिय चासोका साझा विषयमा विचारविमर्श भएको इराकी अधिकारीहरूले बताएका छन् ।
दुवै देशले आतङ्वाद र अतिवादविरुद्ध संयुक्तरूपमा काम गर्ने, सांस्कृतिक आदानप्रदान, सङ्कट व्यवस्थापन, आर्थिक एवम् सङ्गठित अपराधविरुद्ध एक हुने, वातावरण तथा मानवअधिकार संरक्षण पारस्परिक सहमति भएको छ ।
ताजा अपडेट
-
सुहाङ नेम्वाङले आज सांसदको शपथ लिँदै
-
मौसममा एकसाथ तीन वायुको प्रभाव, आज कहाँ–कहाँ पर्छ पानी ?
-
आगलागी, डढेलो र चट्याङबाट २४ दिनमा २७ जनाको मृत्यु
-
आज मातातीर्थ औँसी, आमाप्रति आदर र सम्मान गरेर मनाइँदै
-
जयविरको समाचारमा देउवा सचिवालयको चिन्ता, तर शेरबहादुरको सम्पत्ति विवरणमा झन ठूलो प्रश्न
प्रतिक्रिया