NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

आर्थिक संकटमा फसेका देशहरुलाई आईएमएफले किन दिन्छ ऋण ?

काठमाडाैं । गत वर्ष ऋणलाई लिएर रोकिएको वार्ता पाकिस्तानले फेरी एकपटक आईएमएफप्रति आशा बढाएको छ । तर अहिले पनि आइएमएफले पाकिस्तानलाई दिने ऋण रोकेर नै राखेको छ । साथै आईएमएफले  पाकिस्तान सरकारसँग कर उठाउन कडा माग गरिएको छ ।

यस विषयमा इस्लामवादमा बहस चलेको छ । आइएमएफले संसारभरकै देशहरूलाई कम ब्याजरमा ऋण दिँदै आएको छ । यसको स्थापना सन् १९४४ मा भएको थियो । पाकिस्तान सन् १९५०, ११ जुलाईमा आइएमएफको सदस्य बनेका थिए ।

अहिले पाकिस्तान आर्थिक संकटमा गुज्रिरहेको छ  र उसले अन्य राष्टहरूसँग ऋण मागेपनि पाइरहेको छैन। अहिले पाकिस्तानको अन्तिम विकल्प आइएमएफ नै बनेको छ । आइएमएफ जसले सदस्य राष्टहरूलाई खाँचो परेको अवस्थामा ऋण उपलब्ध गराउँछ ।

आईएमएफ के हो ?

आईएमएफ विश्वभरका १९० सदस्य देशहरूको अन्तर्राष्ट्रिय संस्था हो । यी सबै सदस्य राष्ट्रहरू मिलेर विश्वकै अर्थव्यवस्था सृदृढ पार्न लागि पर्दै आएका छन् । जुनसुकै राष्ट्र सर्तको पालनसासहित आईएमएफको सदस्य बन्न सक्छन् । सर्तहरूमा अर्थव्यवस्थासँग सम्बन्धित जानकारी र कोटा सदस्यता भनिने भुक्तानी हुने रकम समावेश छ। जुन देश जत्ति धनी छ त्यहीअनुसार बढी रकम तिर्नुपर्छ ।

आईएमएफले अर्थतन्त्रको निगरानी र समर्थन गर्नका लागि तीनवटा काम गर्छ :

१.आर्थिक र वित्तीय मामिलाहरूको ट्रयाकिङ

आर्थिक र वित्तीय मामिलाहरूको ट्रयाकिङको माध्यमबाट  कुन राष्ट्रको आर्थिक र वित्तीय अवस्था कस्तो छ भन्ने कुरा पत्ता लाग्छ र यसबाट कुन देश बढी खत्तरामा छ भन्ने पनि थाहा पाउन सकिन्छ ।

उदाहरणको लागि बेलायतमा ‘ब्रेक्सिट’ पछिको अस्थिरताको कारण व्यापारिक विवाद र पाकिस्तानमा चरमपन्थीहरूको हिंसात्मक कार्यको आर्थिक प्रभाव देखिएको थियो ।

२.आईएमएफले सदस्य राष्ट्रहरूलाई कसरी आफ्नो अर्थतन्त्र सुधार गर्न सकिन्छ भन्ने सुझाव दिइन्छ।

३.आर्थिक संकटमा परेका देशहरूलाई छोटो अवधिको ऋण र आर्थिक सहायता गर्छ ।

आईएमएफको इतिहासमा आईएमएफले सबैभन्दा धेरै ५७ अर्ब डलर ऋण सन् २०१८ मा अर्जेन्टिनालाई प्रदान गरेको थियो ।

आईएमएफको उद्देश्य

आईएमएफको प्रमुख उद्देश्य भनेकै सदस्य देशहरूलाई सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउनु हो । आर्थिक संकटबाट गज्रिरहेका देशहरूको अन्तिम आशा भनेकै आईएमएफ हो । सन् २००० मा ब्राजिलले आफ्नो ऋण चुकाउनुअघि आईएमएफसँग ऋण लिएका थिए । सोही कारण त्यहाँको सरकारले चाँडै अर्थतन्त्र सुधार गर्न सफल भयो  र दुई वर्षअघिको सबै ऋण चुक्ता गर्‍यो।

आईएमएफको आलोचना किन बढ्दै गइरहेको छ ?

आईएमएफले सदस्य देशहरूलाई ऋण दिनुका साथै कठोर सर्तहरूसमेत लगाउँदै आएको छ । जसको कारण आईएमएफको आलोचना बढ्दै जान थालेको छ ।

जसमा सरकारी ऋण घटाउने, कर्पोरेट कर घटाउने र देशको अर्थतन्त्रलाई विदेशी पुँजी लगानीका लागि खुला गर्ने समावेश छ ।

सन् २००९ मा युरोपको आर्थिक संकट सुरु हुँदा ग्रीस सबैभन्दा बढी प्रभावित भएको थियो ।

IMF बाट मद्दत प्राप्त गर्न, ग्रीसले आफ्नो अर्थतन्त्रमा महत्त्वपूर्ण परिवर्तन गर्नुपरेको थियो ।

आलोचकरूका अनुसारू ग्रीसको मितव्ययिता नीति आईएमएफको आदेशमा कडा बनाइएको थियो, जसले देशको अर्थतन्त्र र समाज दुवैलाई हानि पुर्‍यायो।

आईएमएफको प्रमुख को हुन् ?

सन् २०१९ देखि आईएमएफको प्रमुखमा क्रिस्टालिना जर्जिएभा छिन् । यसअघि उनी आईएमएफमा क्रिस्टिना लागार्डको स्थानमा विश्व बैंकको प्रमुख कार्यकारी थिइन् । क्रिस्टालिना जर्जिएभा युरोपियन युनियनको सबैभन्दा गरिब देश बुल्गेरियाबाट हुने पहिलो आईएमएफ प्रमुख हुन्।

आईएमएफको शुरुवातदेखि, संस्थाको प्रमुख सामान्यतया युरोपेली भएको छ भने विश्व बैंकको अध्यक्षता अमेरिकी नागरिकसँग सम्बन्धित छ ।

आईएमएफ सदस्य राष्ट्रलाई कसरी ऋण दिँदै आएको छ ?

सबैभन्दा पहिले सदस्य देशले ऋणको लागि आईएमएफसँग आवेदन गर्नुपर्ने हुन्छ । त्यसपछि उक्त देशको सरकार र आईएमएफको टोलीले आर्थिक र वित्तीय अवस्था र ऋणको रकमसम्बन्धमा छलफल गर्छ ।

देशको सरकार र आईएमएफको टोलीबीच छलफल र सहमतिपछि मात्रै ऋण दिनको लागि आईएमएफ तयार हुन्छ । ऋण लिनुभन्दा अघि सदस्य देशले आईएमएफले भनेबमोजिम सबै सर्तहरू पालना गर्नुपर्ने हुन्छ ।

ऋण लिएको देशले आर्थिक तथा वित्तीय अवस्था सुध्रिएपछि आईएमएफलाई ऋण रकम फिर्ता गर्छ  । त्यहि रकम अर्को आवश्यक भएको राष्ट्रलाई उपलब्ध गराउने काम आईएमएफले गर्छ । – बिबिसी हिन्दी