NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

पाकिस्तानले हटायो विकिपिडियामाथिको प्रतिबन्ध

काठमाडौं (एजेन्सी) । पाकिस्तानले अनलाइन ज्ञान प्लेटफर्म विकिपिडियामाथिको प्रतिबन्ध हटाएको छ।

केही दिनअघि विश्व प्रसिद्ध विकिपिडियामाथि लगाइएको प्रतिबन्ध प्रधानमन्त्री शहबाज सरिफको आदेशपछि हटेको हो ।

प्रधानमन्त्रीको अध्यक्षतामा गठित तीन सदस्यीय मन्त्रीस्तरीय समितिले विकिपिडियामाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पाकिस्तान टेलिकम्युनिकेशन अथोरिटी (पिटिए) ले विकिपिडियालाई फेब्रुअरी १ ​​मा केही विवादास्पद सामग्री हटाउन आग्रह गरेको थियो। आफ्नो यस्तो आग्रहलाई विकिपिडियाले पन्छाएपछि पाकिस्तान सरकारले प्रतिबन्ध लगाउने कदम चालेको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष