पाकिस्तानले हटायो विकिपिडियामाथिको प्रतिबन्ध
काठमाडौं (एजेन्सी) । पाकिस्तानले अनलाइन ज्ञान प्लेटफर्म विकिपिडियामाथिको प्रतिबन्ध हटाएको छ।
केही दिनअघि विश्व प्रसिद्ध विकिपिडियामाथि लगाइएको प्रतिबन्ध प्रधानमन्त्री शहबाज सरिफको आदेशपछि हटेको हो ।
प्रधानमन्त्रीको अध्यक्षतामा गठित तीन सदस्यीय मन्त्रीस्तरीय समितिले विकिपिडियामाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
पाकिस्तान टेलिकम्युनिकेशन अथोरिटी (पिटिए) ले विकिपिडियालाई फेब्रुअरी १ मा केही विवादास्पद सामग्री हटाउन आग्रह गरेको थियो। आफ्नो यस्तो आग्रहलाई विकिपिडियाले पन्छाएपछि पाकिस्तान सरकारले प्रतिबन्ध लगाउने कदम चालेको थियो ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया