NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

भ्यालेनटाइन ‘डे’ विशेष : कुन दिन कसरी मनाइन्छ?

एजेन्सी । प्रेमिल जाेडीका लागि फ्रेब्रुअरी महिना निकै विशेष हुन्छ । फ्रेब्रुअरीलाई मायाको महिना भनिन्छ । यस महिनामा वर्षको सबैभन्दा रोमान्टिक दिनहरू मनाइन्छ । १४ दिनसम्म मनाइने भ्यालेनटाइन ‘डे’ यो महिनामा पर्छ । माया गर्नेहरूका लागि हरेक दिन उत्सव जस्तै हुन्छ । तर पनि यो महिना मायालु जोडीले फरक तरिकाले मनाउँछन् ।

भ्यालेनटाइन सप्ताहमा नै कसैको माया पनि बस्छ । मन पराउने मान्छेले यहि सप्ताहमा मनको कुरा भन्न पनि रुचाउँछ । फफ्रेब्रुअरी सातबाट मनाउने यो एक सप्ताह  १४ मा सकिन्छ । माया गर्ने जाेडीले आ-आफ्नै शैलीमा मनाउने भ्यालेनटाइन ‘डे’ का सातै दिन विशेष हुन्छन् ।

रोज डे

भ्यालेन्टाइन सप्ताहको पहिलो दिन हो यो । प्रेम हप्ताको पहिलो दिन फ्रेब्रुअरी ७ बाट सुरु हुन्छ । यो दिन प्रेम जोडीले गुलाफको फूल साटासाट गर्छन् । गुलाफलाई प्रेमको प्रतीक मानिन्छ । मायालु जोडीले एकअर्कालाई रातो गुलाफ दिएर प्रेम व्यक्त गर्छन्।

रातो गुलाफ बाहेक अन्य रंगको गुलाफको पनि विशेष अर्थ हुन्छ। तपाईं आफ्नो साथी, परिवारका सदस्यहरूलाई यस दिनको भावना व्यक्त गर्ने विभिन्न रंगका गुलाफहरू दिएर पनि मनाउन सक्नुहुन्छ।

प्रपोज डे

भ्यालेन्टाइन सप्ताहको दोस्रो दिन प्रपोज डे मनाइन्छ । प्रेमको अभिव्यक्ति बिना प्रेम पूर्ण हुन गाह्रो हुन्छ । त्यसैले भ्यालेन्टाइनको दोस्रो दिन प्रपोज डे मनाइन्छ । यस दिन प्रेमीहरूले आफ्नो मनको अवस्था सुनाउँछन्। यस विशेष दिनमा आफ्नो साथीलाई विशेष तरिकाले प्रेम व्यक्त गरेर आफ्नो सम्बन्धलाई बलियो बनाउन यो दिवस मनाइन्छ ।

चकलेट डे
भ्यालेन्टाइन सप्ताहको तेस्रो दिन चकलेट दिवस मनाइन्छ । सम्बन्धमा मिठासपन हुन जरुरी हुन्छ । प्रेममा मिठास चाहिन्छ । त्यहि मिठास थप्न भ्यालेन्टाइन सप्ताहको तेस्रो दिन चकलेट डे मनाइन्छ । यस दिन प्रेमि प्रेमिकाले चकलेट दिएर एकअर्काको मुख मीठो पारेर सम्बन्धमा मिठास बनाउने प्रयास गर्छन् ।

टेडी डे

यो दिन भ्यालेन्टाइन सप्ताहको चौथो दिन हो । यो दिन माया गर्ने जोडिले प्रेमको प्रतीको रुपमा टेडि दिने गर्छन् । भनिन्छ, सम्बन्धलाई सुमधुर बनाउन र मनको कुरा व्यक्त गर्न टेडि सबैभन्दा राम्रो तरिका हो । सम्बन्धलाई मिठास बनाउन यसको महत्व हुन्छ ।

प्रमिस डे

विवाहमा पनि सात प्रतिज्ञा हुन्छन् । जहाँ प्रेम हुन्छ, त्यहाँ केही वाचा अवश्य हुन्छ । भ्यालेन्टाइन हप्ताको एक दिन माया गर्ने जोडी मायालु वाचाहरू गर्ने गर्छन् । त्यसैले पनि यो दिवस मनाइन्छ ।

हग डे
भ्यालेन्टाइन सप्ताहको छैटौं दिन यो दिवस मनाइन्छ । भनिन्छ, दुईबीचको अंगालोले नै मायाको अनुभूति गराउँछ । यो दिवसमा प्रेमी प्रेमिका एक अर्कालाई हग गर्ने गर्छन । यसको पनि मायाको सप्ताहमा महत्व हुन्छ । अंगालोको स्पर्शमा मायालु जोडिहरु मनको कुरा एक अर्कालाई गर्न यो राम्रो दिन हो ।

किस डे

भ्यालेन्टाइन हप्ताको सातौं दिन यो दिवस मनाइन्छ । भनिन्छ, जब व्यक्तिको प्रेम गहिरो हुन्छ तब प्रेम व्यक्त गर्न शब्दको आवश्यकता पर्दैन् । मायाका प्रतीक प्रेम जोडी याे दिन आफ्नो माया व्यक्त गर्छन् ।

भ्यालेन्टाइन डे

भ्यालेन्टाइन डे हप्ताको आठौं र अन्तिम दिन हो । यो दिन विश्वभरी नै प्रेमका जोडिहरुले यो दिन मनाउँछन् । यो सबै दिन पार गरेर सप्ताहको अन्तिम दिन मायालु जोडिहरु एक अर्कासँग समय बिताउन मन पराउँछन् । याे दिन विशेष दिन हाे । याे दिनमा प्रेमी प्रेमिकाले माया साट्ने गर्छन ।

प्रेम दिवस सप्ताह सुरू : आज ‘रोज डे’, यसरी दिन सकिन्छ शुभकामना सन्देश