NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

टर्की भूकम्प : सामाजिक सञ्जालमा देखिएका हृदयविदारक तस्विर

काठमाडाैं । टर्की र छिमेकी राष्ट्र सिरियामा गत सोमबार बिहान ४ बजेर १७ मिनेट जाँदा महाभूकम्प गयो । त्यहाँ ७.८ म्याग्निच्युटको भुकम्प गएको थियो । भूकम्पको केन्द्रबाट कयौँ दुरी पर त्यसको परकम्पनको महसुस धेरैले गरेको बताएका छन् ।

सोमबार गएको भूकम्पपछि पनि त्यहाँ पटक पटक भूकम्पका पराकम्पनहरू गइरहेका छन् । त्यहाँ अहिले पनि ५.० भन्दा बढी भूकम्पको परकम्पन गइरहेको छ ।

REUTERS/UMIT BEKTAS

टर्कीका स्थानीय एक नागरिक इरदिमले आफ्नो जीवनकालको ४० वर्षपछि पहिलोपटक यस्तो प्रकारको भूकम्पको महसुस गरेको बताएका छन् ।

उनी भन्छन्,’हामी कम्तीमा तीन पल्टभन्दा बढी कोक्रोमा बच्चा हल्लिएझैँ हल्लिएको महसुस गर्‍यौ ।’

बिबिसीले भूकम्पको कारण भएको क्षतिबारे विस्तृत संकलन गरेको छ । त्यसका लागि बिबिसीले सामाजिक सञ्जालको पनि सहायता लिएको बताइएको छ । बिबिसीले एकजना प्रत्यक्षदर्शी र सामाजिक सञ्जालको साहारा लिएको छ ।

बिबिसी टर्की सेवाले भुकम्पबाट बाँचेका मानिसहरूसँग कुरा गर्दा सबैजनाले पहिलोपटक यस्तो प्रकारको शक्तिशाली भूकम्पको महसुस गरेको बताएका छन् ।

REUTERS/EMILIE MADI

भूकम्पछि टर्कीमा ग्याँसका पाइपलाइनहरू फुटेर आगालगी भएको भन्ने खबर पनि बाहिर आएको छ ।

बीबीसीले टर्कीको शहरबाहिर रहेको पाइपलाइनको फोटो र भिडियो पुष्टि गरेको छ । जुन ठाउँ भूकम्पको केन्द्रबिन्दुबाट १७० किलोमिटर टाढा छ । भूकम्पको शक्तिशाली धक्काका कारण यो पाइपलाइन फुटेर आगो लागेको थियो । ड्रोनले लिएको तस्विरमा हेर्दा अहिले त्यहाँ धेरै शहर ध्वस्त भइसकेको पाइएको छ ।

त्यहाँ गएको भूकम्पले शहरको एक किल्ला र प्रशिद्ध शारवान मस्जित पनि ध्वस्त भएको छ ।

सामाजिक सञ्जालमा एलेप्पो सहरको एउटा भिडियो शेयर भइरहेको छ, जसमा एउटी महिला एउटा सानो बच्चालाई काखमा लिएर भागिरहेकी देखिन्छ । उक्त भिडियोमा वरीपरी भवन भत्केको देख्न सकिन्छ । (बिबिसी)

ताजा अपडेट

नेपालवाच विशेष