NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० असोज १५ गते

सन्दीप लामिछानेको राहदानी रोक्का, विदेश जान नपाउने

काठमाडौं । काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेको पार्सपोर्ट रोक्का राख्न गृह मन्त्रालयलाईं निर्देशन दिएको छ ।

जिल्ला अदालत, काठमाडौंले उच्च अदालत पाटनको पुस २९ गतेको आदेशअनुसार उनको राहदानी  रोक्न निर्देशन दिएको हो ।

गृह मन्त्रालयलाई पत्र लेख्दै काठमाडौं जिल्ला अदालतले भनेको छ, ‘ प्रस्तुत मुद्धाका प्रतिवादी सन्दिप लामिछाने (राहदानी नं बिए ०००७०४२) को राहदानी रोक्का राखि निज प्रतिवादी लामिछानेलाई नेपाल बाहिर जानबाट रोक्न लगाउनु हुन आदेशअनुसार अनुरोध छ ।’

जिल्ला अदालतले पुस २९ गते लेखेको पत्र गृह मन्त्रालयमा माघ २५  गते दर्ता भएको हो ।

अदालतको पत्रमा पत्र प्राप्त भएपछि भन्ने उल्लेख छ ।

सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

यो पत्रसँग अब सन्दिप लामिछाने देश बाहिर जानबाट बञ्चित भएका छन् ।

क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा थुनछेक बहस सकियो, आदेश तयार हुँदै

बन्द प्रशिक्षणको लागि क्यानले छान्यो २८ खेलाडी, टोलीमा सन्दिप अटाएनन्

 

संक्रमित नेपालीको उपचारका लागि सन्दिप लामिछानेले बनाए ‘टीम सन्दिप’, सहयोगका लागि सबैमा अपिल