सन्दीप लामिछानेको राहदानी रोक्का, विदेश जान नपाउने
काठमाडौं । काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेको पार्सपोर्ट रोक्का राख्न गृह मन्त्रालयलाईं निर्देशन दिएको छ ।
जिल्ला अदालत, काठमाडौंले उच्च अदालत पाटनको पुस २९ गतेको आदेशअनुसार उनको राहदानी रोक्न निर्देशन दिएको हो ।
गृह मन्त्रालयलाई पत्र लेख्दै काठमाडौं जिल्ला अदालतले भनेको छ, ‘ प्रस्तुत मुद्धाका प्रतिवादी सन्दिप लामिछाने (राहदानी नं बिए ०००७०४२) को राहदानी रोक्का राखि निज प्रतिवादी लामिछानेलाई नेपाल बाहिर जानबाट रोक्न लगाउनु हुन आदेशअनुसार अनुरोध छ ।’
जिल्ला अदालतले पुस २९ गते लेखेको पत्र गृह मन्त्रालयमा माघ २५ गते दर्ता भएको हो ।
अदालतको पत्रमा पत्र प्राप्त भएपछि भन्ने उल्लेख छ ।
यो पत्रसँग अब सन्दिप लामिछाने देश बाहिर जानबाट बञ्चित भएका छन् ।
क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा थुनछेक बहस सकियो, आदेश तयार हुँदै
बन्द प्रशिक्षणको लागि क्यानले छान्यो २८ खेलाडी, टोलीमा सन्दिप अटाएनन्
संक्रमित नेपालीको उपचारका लागि सन्दिप लामिछानेले बनाए ‘टीम सन्दिप’, सहयोगका लागि सबैमा अपिल
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया