युरोपेली संसद् सदस्य पक्राउ
काठमाडौं (एजेन्सी) । भ्रष्टाचार अभियोगमा युरोपेली संसद्का एक जना सदस्य पक्राउ परेका छन् । भ्रष्टाचारको अभियोग लागेका बेल्जियमाका सांसदको ब्याङ्क सेफ खोजविन गरेपछि सोधपुछका लागि उनलाई पक्राउ गरिएको हो ।
बेल्जियमका सङ्घीय अभियोजनकहरूले आज लिज शहरमा सांसद मार्क ताराबेलामा छापा मारेको थियो । उनलाई सोधपुछका लागि हिरासतमा लिइएको छ । उनले आफू निर्दोष भएको दाबी गर्दै आएका छन् । उनले सफाइ दिने मौका पाउनुपर्नेमा जोड दिँदै आएका छन् ।
भ्रष्टाचारको आशङ्का बेज्यिमका अधिकारीहरूले तीन जनालाई हिरासतमा लिइसकेका छन् । सोह्र लाख अमेरिकी डलर नगद भ्रष्टाचार गरेको अभियोगमा उनीहरूसहित संसद्का सहयोगीलाई गत डिसेम्बरमा पक्राउ गरिएको थियो । हिरासतमा लिइएकामध्ये एक जना अभियुक्तका प्रेमी हुन् भने अर्का पूर्व सांसद हुन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया