NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३१ गते

‘भ्यालेन्टाइन डे’ : यी रोमान्टिक सायरीसहित व्यक्त गर्नुहोस् आफ्नो प्रेम

काठमाडाै‌ । आज ‘प्रणय दिवस’ अर्थात ‘भ्यालेन्टाइन डे’ । ‘भ्यालेन्टाइन डे’ माया गर्ने जोडीहरुका लागि निकै विशेष हुन्छ । यो दिवस सबैले आ–आफ्नो शैलीमा मनाउँछन् । नेपालमा पनि पछिल्लो समय यो दिवसले प्राथमिकता पाउन थालेको छ ।

आफ्नो प्रेम र भावना व्यक्त गर्नको लागि कुनै विशेष समय नभए पनि हरेक वर्ष १४ फेब्रअरीमा आफ्नो भावना व्यक्त गर्न यो दिवस मनाइन्छ ।
प्रेमको यो दिवस फ्रेब्रुअरी ७ बाट सुरु भई १४ फेब्रुअरीसम्म चल्छ । यी सबै दिनहरूमा मानिसहरू आफ्नो पार्टनरलाई विशेष महसुस गराउन विभिन्न तरिकाहरू प्रयास गछन् ।

भ्यालेन्टाइन ‘डे’ किन मनाइन्छ ?

भ्यालेन्टाइन ‘डे’ विशेष गरी सेन्ट भ्यालेन्टाइन, एक प्राचीन रोमन पादरीको सम्मानमा मनाइन्छ। उनले मानिसहरूलाई प्रेम गर्न र प्रेममा विश्वास गर्न सिकाएका थिए । तेस्रो शताब्दीमा, सेन्ट भ्यालेन्टाइनले रोमन राजा क्लाउडियसको आदेशविरुद्ध ईसाई जोडीहरूलाइ विवाह गर्न मद्दत गरे । राजा क्लाउडियस राजाको विरुद्धमा याे काम भएकाेमा रिसाए ।

त्यसैले  उनले भ्यालेन्टाइनलाई फाँसीको सजाय सुनाइयो । उनलाई १४ फेब्रुअरीमा फाँसी दिइएको थियो । त्यसैले उनको बलिदानको सम्झनामा यो दिन मनाइन्छ । धेरैजसो जोडीले भ्यालेन्टाइन डे रोचक तरिकाले मनाउँछन् । सबैले एउटै तरिकाले मनाउँछन् या मनाउनुपर्छ भन्ने यो दिवसको कुनै नियम छैन । जसलाई जसरी मन पर्छ त्यसरी नै मनाउन सक्छन् ।

आजको दिन आफूले मायाँ गरेको प्रेमी या प्रेमिका, आमाबुवा, साथीभाइलगायतलाई प्रेम व्यक्त गरी यो दिवस मनाउँछन् । यो दिनमा मायाँ व्यक्त गर्ने सबैको आफ्नो आफ्नो तरिका हुने गर्छ ।

तर यदि तपाईं कसैलाई आफ्नो प्रेम व्यक्त गर्न चाहनुहुन्छ भने, उसलाई रोमान्टिक कविता या सायरीमार्फत आफ्नो मनको कुरा सुनाउनुहोस्, जसले तपाईंको प्रेमको अभिव्यक्तिलाई अझ विशेष बनाउँछ ।

त्यसैकारण यहाँ तपाइँकाे लागि केहि रोमान्टिक सायरी  ल्याएका छौं, जसको माध्यमबाट तपाइँ तपाइँको पार्टनरलाई तपाइँको मनको कुरा भन्न सक्नुहुन्छ ।

हेरौं केही रोमान्टिक सायरी

गुलाफको सौन्दर्य पनि हराएर जान्छ
जब तिम्रो मुहारमा मुस्कान फुल्छ
यसरी नै मुस्कुराई रहनु मेरो माया
तिम्रो खुशीले नै त मेरो सास चल्छ

मलाई तिम्रो नामसँग मेरो नाम जोडिँदा अति मन पर्छ
जसरी एक सुन्दर बिहानसँग
एक सुन्दर साँझ जोडिँदा निकै सुन्दर देखिन्छ ।

ईश्वरसँ बिन्ती गर्छु
तिम्रो मायाको बाहेक अरुको पुजा गर्दिन
हरेक जन्ममा तिमी मेराे नै हुनु है
नत्र फेरि अर्को जन्म चाहिँदैन

धेरैले मलाई सोध्छ
तिमीलाइै के भयो ?
सोध्नेहरुलाई अब कसरी भनौं ?
म उसको मायामा परेको छु…

जब म केही सोच्दछु, केवल तिम्रो बारेमा मात्रै सोच्दछु
आँखा खोलुँ तिमीलाई देख्छु
खै, कहिलेसम्म मनभित्र तिमीलाई लुकाउन सक्छु 

म तिम्रो मायामा परें
तर मनको कुरा भन्न सकिन
नभनी बस्न पनि सकिन

जुन दिनदेखि तिमी आयौँ जीवन धेरै सुन्दर छ
जो मुटुमा बसेको त्यो तिम्रो अनुहार हो‍‍‍‍..
भुलेर पनि मबाट कहिल्यै टाढा नजानु मायाँ
मलाई तिम्रो बाटोको हरेक पाइला चाहिन्छ

भ्यालेनटाइन ‘डे’ विशेष : कुन दिन कसरी मनाइन्छ?