उत्तरपश्चिम पाकिस्तानको कोइलाखानी विस्फोटमा एक जनाको मृत्यु, चार घाइते

इस्लामाबाद । उत्तरपश्चिम पाकिस्तानको कोइला खानीमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने करिब चार जना घाइते भएका छन् । उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको कोहाट जिल्लामा रहेको कोइला खानीमा उक्त दुर्घटना भएको हो ।
कोहाट जिल्लाको दर्रा आदमखेल क्षेत्रको कोइला खानीमा विष्फोट हुँदा चार जना खानी मजदुर फसेका थिए । उनीहरूलाई घाइते अवस्थामा उद्धार गरिएको प्रान्तीय उद्धार सेवाले जनाएको छ ।
उद्धारका क्रममा एक जना उद्धारकर्मी पनि घाइते भएका छन् । विस्फोटको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया