उत्तरपश्चिम पाकिस्तानको कोइलाखानी विस्फोटमा एक जनाको मृत्यु, चार घाइते
इस्लामाबाद । उत्तरपश्चिम पाकिस्तानको कोइला खानीमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने करिब चार जना घाइते भएका छन् । उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको कोहाट जिल्लामा रहेको कोइला खानीमा उक्त दुर्घटना भएको हो ।
कोहाट जिल्लाको दर्रा आदमखेल क्षेत्रको कोइला खानीमा विष्फोट हुँदा चार जना खानी मजदुर फसेका थिए । उनीहरूलाई घाइते अवस्थामा उद्धार गरिएको प्रान्तीय उद्धार सेवाले जनाएको छ ।
उद्धारका क्रममा एक जना उद्धारकर्मी पनि घाइते भएका छन् । विस्फोटको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया